19 Jan 2020   |   
logo
शिक्षा

वक्तृत्वकलामा मनिषा प्रथम



शिक्षा   92 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, १० फागुनः नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । सोमबार हेटौंडा भएको प्रतियोगितामा भुटनदेवी माविकी मनिषा बस्नेत प्रथम हुनु भएको छ ।


यस्तै, कार्यक्रममा अमर माविकी अस्मिता मानान्धर द्वितीय र प्रगति माविका रवि पाठक तृतीय भएका छन् । ‘स्वच्छ र पोषिलो खानाः स्वस्थ जीवन हाम्रो चाहना’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा ६ वटा विद्यालयका छात्रछात्राहरु सहभागी भएका थिए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता याम बहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23858058 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top