18 Nov 2019   |   
logo
समाज

लागुऔषध ओसारपसारमा संलग्न मकवानपुरका ४ जना पक्राउ



समाज   57 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, २२ भदौः लागुऔषध चरेश र गाँजाको ओसारपसारमा संलग्न मकवानपुरका चारजनालाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ । मध्य क्षेत्रीय प्रहरी अनुसन्धान व्यूरो हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलिले मंगलबार बिहान मुग्लिनबाट ठूलो परिमाणमा लागुऔषध चरेससहित नामटार गाविस–९ का कुमार गोलेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ६३५२ नम्बरको ट्रकको सुरक्षाजाँच गर्ने क्रममा २ सय ८२ केजी चरेस बरामद भएको हो । चरेससँगै मकवानपुरको नामाटार–९ का चालक कुमार गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चरेस र चालक लामालाई अहिले इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ । १४ वटा बोरामा २ सय ५२ वटा पिस बनाएर ल्याएको अवस्थामा पक्राउ गरिएको र चरेश कता लग्न खोजिएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यस्तै इलाका प्रहरी कार्यालय भण्डाराले मंगलबार बिहान यात्रुबसबाट २५ केजी गाँजा बरामद गरेको छ । बीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३५०३ नम्बरको बसबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको हो । प्रहरीले बसमा सवार हेटौंडा २८ का युवराज भुलन र हाँडीखोला–५ का दीपक लामाको व्यागबाट गाँजा बरामद गरेको जनाएको छ । गाँजा बोक्ने भुलन, लामा र बसका चालक हेटौंडा–२९ का इश्वर अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362846 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top