19 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

ताम्सालिङ् र सयपत्री फाइनलमा



खेलकुद / मनोरञ्जन   34 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, ७ फागुनः मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सरिखेतमा जारी क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको उपाधीका लागि ताम्सालिङ युवा क्लव कालिकाटार र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन् । शुक्रबार भएको सेमीफाइनल खेलमा जित निकाल्दै यी दुई टोलीले उपाधी भिडन्त पक्का गरेका हुन् ।



 


फाइनल खेल भोलि आइतबार हुने आयोजकले जनाएको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा ताम्सालिङ युवा क्लव कालिकाटारले कालिकाटारकै अर्को टिम कालिकाटार युथ क्लवलाई ६–२ गोल अन्तरको भारी गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

त्यस्तै दोश्रो सेमिफाइनल खेलमा सयपत्री युवा क्लवले पाष्टर एशोसिन मनहरीलाई १–० गोल अन्तले हराउँदै फाइनलको यात्रा तय गरेको हो । फागुन ८ गते आईतबार ताम्सालिङ युवा क्लव कालिकाटार र सयपत्री युवा क्लबवीच प्रतिस्पर्धा हुनेछ । मकवानपुरको ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिताको फाइनल खेलको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले समापन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक बीरेन्द्र जिम्माले जानकारी दिनुभयो । 






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23858188 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top