21 Nov 2019   |   
logo
समाज

विद्यार्थीलाई स्वेटर सहयोग



समाज   46 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २२ शुक्रवार  

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित युग प्रकाश क्लबले सरस्वती प्राविका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । क्लबले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १ कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने ९० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । जाडो महिना सुरु भएसँगै विद्यार्थीलाई स्वेटर वितरण गरिएको क्लबले जनाएको छ ।

 क्लबका अध्यक्ष दीपक शिवाकोटीले आगामी दिनमा पनि विद्यालय तथा समुदायमा रचनात्मक कार्य गर्ने बताउनुभयो । क्लवका अध्यक्ष दीपक शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जुद्धप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शम्भु शिवाकोटी, कृष्ण उप्रेती, सुशील पौडेल, सीता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17552138 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top