14 Oct 2019   |   
logo
समाज

फूर्वा पूजा गरिने



समाज   1405 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  

हेटौंडाः विश्वशान्ति, विपद्बाट क्षति नहोस् भन्ने कामना एवम् भौतिक पूर्वाधार विकासका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले हेटौंडा–५, बेलडा“डास्थित जिग्तेन शिवा क्षेथार लिंग बौद्ध गुम्बामा फूर्वा पूजाको आयोजना गरिने भएको छ । असोज १५, १६ र १७ गते तीन दिनसम्म विशेष पूजाको आयोजना गरिने बताइएको छ ।

पूजा आयोजनाका लागि भारतको देहरादूनबाट ज्ञान बज्र रिन्पोछेको नेतृत्वमा २१ जना लामा गुरुको सहभागिता रहने गुम्बाका प्रमुख लरिन दोस्रो लामाले जानकारी दिनुभयो । पूजा मूल आयोजक समितिकी संयोजक डोल्मा स्याङ्बोले विश्वशान्ति, विपद्को जोखिम नहोस् भनी ग्रह शान्ति गर्न पूजाको आयोजना गरिएको बताउनुभयो । विशेष किसिमको पूजाका लागि ७ देखि १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14805590 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top