14 Oct 2019   |   
logo
समाज

फाखेल सडक एकसाता बन्द



समाज   100 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  

हेटौंडाः हेटौंडा भएर काठमाडौं जाने कुलेखानी फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । बिहिबारबाट असोज ११ गतेसम्म फाखेल–हुमाने सडकखण्ड पूर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गएको पहिरोले भत्काएको सडक मर्मत सम्भारका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

चाडवाड लागेसँगै सडकमा सवारी चाप बढ्ने र त्यसको सम्भावनालाई मध्यनजर गरी सडकमा भएको पहिरो पन्छाउनु पर्ने भएकाले सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको हो । सडक बन्द भएसँगै सो मार्ग भएर काठमाडौं जाने सवारीले वैकल्पिक बाटो भएर काठमाडौं जानु पर्ने छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807496 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top