14 Oct 2019   |   
logo
समाज

जनजाति परिषद्मा जंगबहादुर



समाज   53 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  

हेटौंडाः नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् मकवानपुरको अध्यक्षमा जंगबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहिबार हेटौंडामा भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल चयन हुनुभएको छ ।

परिषद्को सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदम राज राई, सहसचिवमा विषलाल खड्गी, शिशम माझी र एकबहादुर आले मगर चयन हुनुभएको छ । सदस्यमा हरिलाल चौँधरी, बीरबहादुर बोटे र प्रल्हाद दनुवार राई चयन हुनुभएको छ । परिषद् मकवानपुरका निवर्तमान अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षता तथा ३ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री जम्कट्टेलले जनजाति समुदायले आफ्नो पहिचानको कुरा गरिरहँदा अरु जातीय समुदायको पनि पहिचानमा दख्खल पुर्याउन नहुने बताउनुभएको थियो । कार्यक्रममा जातीय संघ, संस्थाका प्रमुख, प्रतिनिधिको सहभागिता रहेको थियो भने जातीय मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803122 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top