14 Oct 2019   |   
logo
खेलकुद / मनोरञ्जन

रियल स्टार विजयी



खेलकुद / मनोरञ्जन   50 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  

हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेल बराबरीमा सकिएको छ भने एक खेलमा रियल स्टार युवा क्लब विजयी भएको छ । पदमपोखरी युवा क्लव र चुरेकालिका युवा क्लवबीचको खेल बराबरीमा सकिएको हो । दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको छ ।

यसैगरी न्यु डाँफे युवा क्लब र पिप्ले युवा क्लबबीचको खेलमा दुबै टोलीले कुनै गोल गर्न नसकेपछि बराबरीमा सकिएको हो । प्रतियोगितामा न्यु डाँफेका फत्तेमान घले म्यान अफ द म्याच भए । बिहान भएको पहिलो खेलमा रियल स्टार युवा क्लब विजयी भयो । रियल स्टार युवा क्लबले एफसी चाइना क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियलका लागि मरिच भ्लोनले १८ मिनेटमा र सुदास लोप्चनले ४० मिनेटमा गोल गरी जीत हासिल गरेको हो । यस्तै रियलका गोलरक्षक सन्दिप थिङ म्यान अफ द म्याच भए ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14804387 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top