20 Sep 2019   |   
logo
स्वास्थ्य

हेटौंडा–१३ मा स्वास्थ्य सर्भेक्षण



स्वास्थ्य   22 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  

हेटौंडाः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडामा पोषण तथा रक्तचापसम्बन्धी सर्भेक्षण गरेको छ । विद्यार्थीलाई समुदायमा घुलमिल गराउनुका साथै समुदायको स्वास्थ्य अवस्थाका बारेमा अनुसन्धान गर्ने उद्देश्यले सर्भेक्षण गरिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. अजय राजभण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य विज्ञान विषयमा स्नातक तह (एमबीबीएस) दोस्रो वर्षमा अध्ययनरत ६६ जना विद्यार्थी सर्भेक्षणमा सहभागी छन् ।

स्वास्थ्य सर्भेक्षणका क्रममा एक महिलाको रक्तचाप परीक्षण गरिँदै ।

गत शुक्रबारदेखि शुरु सर्भेक्षणका क्रममा ५ वर्ष उमेरसम्मका बालबालिकाको पोषणको अवस्था र १५ वर्षभन्दा माथिको उमेर समूहका सर्वसाधारणको रक्तचापको अवस्थाका बारेमा सर्भेक्षण गरिएको डा। राजभण्डारीले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका, १३ नम्बर वडा कार्यालय र हेटौंडाको ग्रामीण महिला सेवा केन्द्रसँगको सहकार्यमा प्रतिष्ठानले गतवर्ष पनि सर्भेक्षण गरेको थियो । विद्यार्थीलाई समुदायप्रति जवाफदेही बनाउने अवसरको रुपमा सर्भेक्षणलाई उपयोग गर्ने प्रयास गरिएको उल्लेख गर्नुहुँदै डा. राजभण्डारीले यस वर्ष भने डेंगुको संक्रमणलाई समेत न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षासहित सचेतनामूलक कार्य पनि गरेको जनाएको छ । सर्वेक्षणका क्रममा संकलित तथ्यांकको विश्लेषण गरेर हेटौंडा उपमहानगरपालिका, १३ नम्बर वडा कार्यालय र ग्रामीण महिला सेवा केन्द्रलाई समेत प्रतिवेदन वितरण गरिने र उक्त प्रतिवेदनका आधारमा उपमहानगरपालिकाले भावी दिनमा स्वास्थ्य सम्बन्धी नीति बनाउन उपयोगी हुने प्रतिष्ठानको दावी छ । सर्भेक्षण कार्यबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानले समुदायको वस्तुस्थितिका बारेमा गरिएको अनुसन्धान सकारात्मक भएको बताउनुभयो ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970938 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top