20 Sep 2019   |   
logo
राजनीति

कांग्रेसको आन्दोलनले संविधान र देशलाई असर गर्दैन



राजनीति   60 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  

हेटौंडाः नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले नेपाली कांगे्रसले देश र संविधानलाई असर पर्ने किसिमको आन्दोलन नगर्ने बताउनुभएको छ । मंगलबार वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको सन्दर्भमा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अन्तरक्रियामा उहाँले कांगे्रसले नै यस्ता क्रियाकलाप गरेमा प्रजातन्त्र विरोधीहरुलाई चलखेल गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले कांगे्रेस सबै मिलेर अगाडि बढ्ने बताउनुभयो ।

महामन्त्री कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई ‘ठुलो मान्छे होइन असल मान्छे बन्ने’ विचारलाई अवलम्बन गर्न निर्देशन दिनुभयो । नेपाली कांग्रेसको जस्तो इतिहास, विचार अरु पार्टीको नभएको कोइरालाको भनाइ थियो । प्रजातान्त्रिक विचार समाजका ३ नम्बर प्रदेश अध्यक्ष डा। केदार नरसिंह केसीले अबको ७ वर्षसम्म कांगे्रसको अवस्था यस्तै रहने संकेत देखिएको बताउनुभयो । नेपाली कांगे्रस ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांगे्रसले वीपी समाजवादको नीति अवलम्बन गरिरहेको बताउनुभयो । नेता बानियाँले प्रजातन्त्रमा सबैलाई समान अवसर हुने भन्नुहुँदै समाजमा धनि र गरिब बीचको अन्तर आउने अर्थव्यवस्था नल्याउन पार्टीलाई ध्यानाकर्षण गर्नुभयो ।

यसैबीच वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको सन्दर्भमा हेटौंडामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कोइराला समाज सेवा मकवानपुरको संयोजन तथा वीपी विचार समाज मकवानपुरको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।






ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969641 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top