18 Nov 2019   |   
logo
राजनीति

कांग्रेस अभियान आजबाट



राजनीति   54 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  

हेटौंडाः नेपाली कांग्रेसले आज मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको सन्दर्भमा कांग्रेसले दोस्रो चरणको जागरण अभियान चलाउन लागेको हो । हिमाल, पहाड, तराई–मधेश जागरण नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ ।

नेपाली कांग्रेस मकवानपुरले सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम हुने बताएको छ । कांग्रेस मकवानपुरकााक प्रवक्ता प्रदिप कोइरालाका अनुसार क्षेत्र नम्बर १ ‘क’ मा प्रेमचन्द्र दाहाल, १ ‘ख’ मा ऋषिराम घिमिरे, २ ‘क’ मा प्रतिमा गौतम र २ ‘ख’ मा शेषनाथ अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । आज क्षेत्र नम्बर १ ‘क’ को हेटौंडा–१६ मा, १ ‘ख’ को हेटौंडा–५ नम्बर वडामा, २ ‘क’ को मार्खुमा र २ ‘ख’ को मनहरीमा वृक्षरोपण गरी एकसाथ अभियान उद्घाटन हुनेछ । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।

विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमान अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता कोइरालाको भनाइ छ । उनीहरुसँग वर्तमान सरकारस“ग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उहाँले बताउनुभयो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको पनि उपस्थिति रहेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362529 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top