20 Sep 2019   |   
logo
राजनीति

सरकार भ्रष्ट र तानाशाही भयोः अध्यक्ष थापा



राजनीति   35 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार भ्रष्ट र तानाशाही भएको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान अवस्थामा सत्ता पक्ष नेकपा र प्रतिपक्षी कांग्रेस दुबै जनताको नजरमा गिरेको बताउनुभएको छ । सोमबार हेटौंडामा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले नयाँ नेपाल बनाउने नाममा राष्ट्रियता, धर्म, संस्कृति र मान्यतालाई कमजोर बनाउने प्रयास गरेको आरोप लागाउनुभएको छ ।

पछिल्लो १२—१३ वर्षमा कांग्रेस र कम्युनिष्टले आलोपालो गरेर सरकार चलाउँदै देशलाई कमजोर बनाइरहेको भन्नुहुँदै अध्यक्ष थापाले इतिहासमै सबैभन्दा डरलाग्दो भ्रष्टाचार र बेरोजगारी अहिले देखिएको बताउनुभएको छ । हाल राट्रिय एकतामै प्रश्न चिन्ह उठेको भन्नुहुँदै थापाले सुन तस्करी, बालुवाटारको जग्गालगायतको सम्पुर्ण काण्डहरुमा सरकार र प्रमुख प्रतिपक्षी दुबैको शिर्ष नेताहरुको मिलोमतो रहेको आरोप लगाउनुभयो । यो वर्ष पार्टीको संगठन निर्माणको वर्ष भन्नुहुँदै उहाँले पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई एकजुट भएर पार्टीलाई बलियो बनाउन लाग्न निर्देशन दिनुभयो ।

राप्रपालाई देशको एउटा अग्रणी शक्तिको रुपमा स्थापना गर्ने उद्देश्य पुरा गर्नको निम्ति पार्टीको केन्द्रीय महाधिवेशन निर्धारित समय भन्दा ९ महिना अगाडि गर्ने निर्णय गरेको र आगामी चुनावको निम्ति अहिलेदेखिनै तयारी रहने बताउनुभयो । पुससम्ममा सबै स्थानीय तहमा संगठन पुनर्गठन गर्न, भातृ संगठनलाई समेत सबै स्थानीय तहहरुमा विस्तार गर्ने, यो वर्षमा ३ लाख सक्रिय सदस्य बनाउँदै पार्टीले देशको नेतृत्व गर्ने दलको रुपमा स्थापित गर्ने उहाँले बताउनुभयो । कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री राजाराम बर्तौला,  मकवानपुरका अध्यक्ष मधु अधिकारीको पनि सहभागिता रहेको थियो ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970327 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top