20 Sep 2019   |   
logo
विचार

सन्दर्भः श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्ण परमात्मनं नमः



विचार   2 पटक पढिएको   घनश्याम ढकाल   २०७६ भाद्र ६ शुक्रवार  

मंगलं परमात्मा च मंगलं भक्त वत्सलः ।

मंगलं सच्चिदानन्दो मंगलं ब्रज वल्लभः ।।

महाभारतका पात्रहरुमा देवकी नन्दन भगवान कृष्ण प्रमुख नायक मानिनु हुन्छ । उहाँ महाभारतको पात्र मात्र नभई समग्र यस विश्व ब्रह्माण्डकै मुख्य नायक हुनुहुछ । उहाँ वसुदेव र देवकीका छोरा हुनुहुन्छ । उहाँले देवताहरुको अनुरोधमा पृथ्वीको भार उतानर्का लागि नारायणको पूर्ण अंशले देवकीको गर्भबाट जन्म लिनुभएको थियो । उहाँलाई पुत्ररुपमा प्राप्त गर्न वासुदेव र देवकीले स्वयम्भु मन्वन्तरको समयमा कठोर तपस्या गर्नु भएको थियो । त्यतिबेला उनीहरुको नाम सुतपा र दृश्नि थियो । त्यतिबेला नारायणले तीन पटकसम्म पुत्र रुपमा जन्म लिने वरदान दिनु भएकोले उनीहरुबाट पृश्नि गर्भको रुपमा पहिलो जन्म लिनुभएको थियो भने दास्रो जन्म कश्यप र अदितीको रुपमा जन्मिन आउनु भएको तीनै सुतपा दम्पतीबाट वामन अवतार लिनुभएको थियो । यतिबेला तीनै कश्यप, अदिती वसुदेव र देवकी बन्न आएकाले उनले पनि कृष्ण अवतारको रुपमा उनीहरुबाट तेस्रो जन्म लिन परेको थियो ।

सम्पूर्ण चराचर जगतलाई प्राकृतिक कारागारबाटै मुक्त गर्न सक्ने भएर पनि स्वयम् उहाँको जन्म भने मानव निर्मित कारागारभित्र भएको थियो । देवकीको आठौं गर्भबाट मर्नुपर्ने भन्ने आकाशवाणीको कारण कृष्णप्रति मामा कंशको पहिलेदेखि नै कुदृष्टि थियो । त्यसैले भावी अनिष्टबाटबचाउने उद्देश्यले वासुदेवले उनलाई जन्मनासाथ मथुराबाट गोकुलमा नन्दको घर पुर्याएका थिए ।

गोकुलमा उहाँले अनेक किसिमको लीला गरी बालजीवन बिताउनु भएको थियो । इन्द्र देखि प्रहमासम्मको घमण्ड चुर गर्नु । गोपिनिहरुको  चिरहरण गर्नु देखि उनीहरुको साथमा रासमीलाईैको अनयोजना गर्नु सम्मको क्रियाकलाप उस भित्र पर्दछन् । यस वाहेक कालीप नाग दमनदेखि सात दिन सम्म गोवर्धन र्पवत धारण गर्नु । कंशद्धारा प्रेषित विविध दानव राक्षस वधदेखि यमलार्जन उद्धार सम्मका कृत्य उहाको बाल जिवनको अर्को महत्वपूर्ण पक्ष रहेको छ । यसै व्रmममा कैशवध गरेर माता पितालाई कारागार बाट मुक्त गर्ने जस्ता साहसिलो काम समेत सम्पन्न गर्नु भयो ।

क्रमसः

उज्जैमा गएर काश्यप गोत्रीय सन्दिपिन गुरुसंग केवल ६४ दिनमा सम्पूर्ण विधा अध्ययन गर्नु, समुन्द्रको बीचमा द्धारका शहर बसाउनु हनेकौ दृष्ट राजाहरुलाई बध गर्नु साथै भक्तजनहरुको यद्धारको जिवनमा मुख्य कार्य मानिन्छन् । पूर्णव्रहनस्वरुपेय शिशुस्ते मायामा महिम ।आगत्य भारहरण कर्ता धात्रा च सोवते ।। पुराणसेहिता

पूर्णव्रहमको जोस र अक्षरको आत्मा पृथ्वीको भार हरण गर्न आएको हो । नारायणले पनि ध्यान गरिएका व्रहमाको शक्ति,गोलोकी प्रभुको देह ,खेतद्धीपनिवासी विष्णुका पनि विता परम विष्णुको शक्ति, वैकुण्ठ कमलाका पतिको शक्ति तथा कपिलावतारको शक्ति र नारायणका शक्ति यसै बालकमा आयो सम्पूर्ण देवताको शक्ति त्यसे तेजमा विलीन हुन आयो ।

यसरी परवैहमदेखि देवता सम्मको शक्ति मिलेर साक्षत द्धिभुती बालक श्री कृष्ण देखा पर्नुभयो । यिनै बालकको नाम पछि गर्गाचार्प ज्यू ले नामाकरण गर्नु भयो कि यथारुप तथानाम भने झै “श्री कृष्ण” भनी राख्नु भयो ।

वासुदेव गृह साक्षात भगवान पुरुष परः।

जनिन्यते तत्प्रियार्थ संभवन्तु सुरास्त्रयः।

वासुदेवको वन्दीगृहमा सामात भगवान पूरुष परभन्दा पनि पर दिव्यधामबाट आफना व्रहमप्रियाहरुको उद्धारार्थ प्रकट हुनुभएको हो । भनी राजा परीक्षितलाई सुकखेव भुनी सुनाउनुहुन्छ । संसारकै भनाई छ उनै विष्णुले कृष्णावतार लिएको हो भन्ने । तर भागवत् दशम स्कन्धमा कृष्णको त्रिधालीला हेर्खा विष्णु र श्री कुष्णमा आकाश–जमिनको फरक पाईन्छ।


साक्षात कृष्णो ब्रजे नित्यं स्वाशेनैवविशारिणः।

तस्यांशोहि मथुरामा वासुदेवी ।                    

द्वारकायां तदंशोक्स्ति विष्णुःवीर्यो मतःप्रभु ।

कसं जधान वासुदेवःश्री कृष्णो नन्द सुर्नतु।। ‘सनतकुमार संहिता’

कृष्ण कृष्ण त सबैले भन्दछन् तर भेद भने फरक छ जन्दैनन। नाम त कृष्ण हो तर लीला तीन प्रकारको छ । एक लीला तेस्रो लिला श्री अक्षरतातितको धामको वास्ताविक लीला दोस्रो लिला गोलाकी कृष्णको प्रतिभाषिक लीला र अर्को लिला वैकुण्ठ को विष्णुकृष्णको लीला यि तिन पैकारको लिला छिपेर छ । भनदै महिना भनद्र कृष्ण पक्ष अष्टमी तिथिका दिन मध्परातमा कंस कारकगारमा श्री कृष्ण प्रकट हुनु भएको थियो ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973011 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top