20 Sep 2019   |   
logo
विचार

आत्मनिर्भरता र आरोग्यताका लागि जौ



विचार   25 पटक पढिएको   टिकानाथ न्यौपाने   २०७६ भाद्र ४ बुधवार  

देशमा खाद्यान्न अभावलाई स्थिति बढ्दो क्रममा छ । खाद्यान्नको अभावलाई न्युनिकरण गर्ने तथा आधुनिक जीवनशैली तथा खानपानका कारण कमजोर बन्दै गइरहेको जनस्वास्थ्यलाई सुधार गर्न बहुआयामिक वैकल्पिक खाद्यान्न जौ उत्पादनका साथै सबै नेपालीले उपयोग गर्न सके नेपालको हिमालदेखि तराईसम्म प्रायः सबै ठाउँमा जौ उत्पादन गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सकिन्छ भने अर्कोतर्फ जौमा भएको प्राकृतिक गुणका कारण आम नेपालीहरुको स्वास्थ्यमा समेत सुधार गर्न सकिने भएकोले जौको विषयमा आ–आफ्नो ठाउँमा अध्ययन अनुसन्धान गरी सबैले उत्पादन तथा उपयोग गरौं ।

नेपाल कृषिप्रधान देश भनिएतापनि बढ्दै गइरहेको खाद्य संकटलाई हेर्दा यो कृषिप्रधान देश भएको अर्थ रहँदैन । किन भने यहाँ बीउविजन, मलखाद, औषधी, कृषि–औजार तथा कृषिउपजको भरपर्दो बजार समेत नभएकोले दिनानुदिन निर्वाहमुखी कृषि कर्म समेत ओझेलमा परेको छ भने बढ्दो मागलाई धान्ने गरी व्यावसायिक कृषितर्फ किसानको ध्यान जानै सकेको छैन । किसानहरु कृषि कर्मबाट पलायन हुँदै गएका छन् । नेपालको भौगोलिक बनावट र हामीले उपभोग गर्ने खाद्यान्नको पनि मेल देखिँदैन । नेपालको खेतीयोग्य जमिनको थोरै मात्र ठाउँमा धान उत्पादन गर्न सकिने भएतापनि प्रायः सबै नेपालीहरुको भात मात्र खानेपदार्थ हो भन्ने बुझाइ रहेको पाइन्छ । केही वर्ष अगाडिसम्म पहाडी इलाकाहरुमा मकै, कोदो, गहुँको पनि उपयोग गरिन्थ्यो भने मिठो मसिनो खाने नाममा प्रायः सबैले छिमेकी देश भारतबाट साइजिङ गरेर ल्याएको चामल नै सबै नेपालीहरुको भान्छामा पुग्दछ । बोरामा उपभोग्य मिति हेरेको भरमा बोरा भित्रको खानेकुराको कुनै परीक्षाण बिना नै हामी खाइरहेका छौं । आफ्नै देशमा उत्पादन भएको मोटा चामल, मकै, गहुँ, कोदो, जौ लगायत स्वदेशी कृषिउपजका बारेमा हामीलाई कुनै ज्ञान हुँदैन । त्यसकारण हामी जानी–जानी परनिर्भरताको बाटो अवलम्बन गरिरहेका छौं । यसैको कारण हाम्रो स्वास्थ्य पनि कमजोर बन्दै गइरहेकोले हाम्रो हिमालदेखि तराईसम्म उत्पादन गर्न सकिने खाद्यबाली जौको उत्पादन तथा उपयोग गरी खाद्यान्नमा आत्मनिर्भर बन्दै आरोग्य जीवनको कल्पना गरौं । 

जौबाट प्रत्यक्ष तथा अप्रत्यक्ष अनेकौं फाइदाहरु छन् । जौ नेपालको हिमाल, पहाड र तराई तीनै भुगोलमा उत्पादन हुन्छ । प्रायः सबै ठाउँमा उत्पादन गर्न सकिने खाद्यान्न भएकोले ओसारपसार तथा ढुवानी खर्च र समयको बचत गर्न सकिन्छ । अन्य खाद्यवालीलाई जस्तो अत्याधिक मलखाद आवश्यक नभएकोले गाउ“–घरमा निर्माण गरिएको गाईवस्तुको मलको भरमा पनि उत्पादन गर्न सकिन्छ । हाल नेपालमा पशुआहारको लागि आवश्यक पर्ने पराल, भुस्सा, चोकर, दाना, जस्ता आहार नेपालको तराई तथा छिमेकी देश भारतबाट आयात गर्नु परेकोले पशुपालन क्षेत्रमा उत्पादन कम हुँदै गइरहेकोले नेपालको खेतीयोग्य जमिनलाई हिउँदको समयमा जौ उत्पादन गर्न सके यसले राष्ट्रको अर्थतन्त्रमा ठूलो सहयोग पर्याउँछ ।

जौ एउटा सन्तुलित आहार भएकोले जौबाट विभिन्न परिकार निर्माण गरी भोजन गर्न बानी बसाल्न सके आधुनिक खानपान तथा जीवनशैलीका कारण कमजोर बन्दै गइरहेको हाम्रो स्वास्थ्य स्थितिलाई पनि सुधार गर्न सकिन्छ । त्यसकारण खाद्यवाली जौको विषयमा आ–आफ्नो ठाउँबाट अध्ययन अनुसन्धान उत्पादन तथा उपभोगको लागि जानकारी गराऔं, सबैमा चेतना जगाऔं ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972043 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top