18 Nov 2019   |   
logo
अन्तर्वार्ता

प्रविधिसँग शिक्षालाई जोडने क्रममा छौं



अन्तर्वार्ता   157 पटक पढिएको   ज्योति न्यौपाने   २०७६ भाद्र ४ बुधवार  

एसईईको नतिजा सार्वजनिक भएर कक्षा ११ मा नयाँ विद्यार्थीको भर्ना अभियान सकिँदा नसकिँदै कक्षा १२ को नतिजा पनि सार्वजनिक भएपछि स्नातक तहमा विद्यार्थी भर्ना हुने क्रम शुरु भएको छ । विद्यालय तहको शिक्षा पूरा गरेर विश्वविद्यालय तहको शिक्षामा प्रवेश गर्न विद्यार्थी आतुर छन् भने कलेजहरु पनि विद्यार्थीलाई आकर्षित गर्न व्यस्त छन् । विद्यालय तह पूरा गरी विश्वविद्यालय तहको शिक्षा हासिल गर्न आउने विद्यार्थीका लागि के कसरी शैक्षिक क्रियाकलाप गर्ने योजना भइरहेको छ भन्ने सन्दर्भमा ज्योति न्यौपानेले मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख घनश्याम घिमिरेसँग गर्नुभएको कुराकानीः

घनश्याम घिमिरे, सहायक क्याम्पस प्रमुख, मकवानपुर बहुमुखी क्याम्पस

मकवानपुर क्याम्पसलाई अहिले विद्यार्थी र अभिभावकहरूले कसरी लिएको पाउनुभएको छ ?

घिमिरेः मकवानपुर क्याम्पस अलि लामो इतिहास भएको र बृहत आकारको सामुदायिक क्याम्पस हो । यहाँ मकवानपुरका विद्यार्थीको मात्रै होइन आसपासका जिल्लाका विद्यार्थीको पनि आकर्षण केन्द्र र शैक्षिक गन्तव्यको रुपमा रहेको छ । त्यसै अनुरुप यस क्याम्पसले यसलाई विकसित बनाउँदै लैजाँदै छ । त्यसैले यहाँका विद्यार्थी र अभिभावकले यहाँको पठनपाठनलाई सकारात्मक रुपमा लिनुभएको छ । तसर्थ यहाँ पढ्न आउने विद्यार्थीहरुको भीड बढ्दो क्रममा छ ।

कहाँका विद्यार्थीको उपस्थिति बढी छ ?

घिमिरेः मकवानपुर बाहेक बारा, पर्सा, सर्लाही र रौतहटबाट विद्यार्थीको संख्या उल्लेख्य छ । यता पूर्वी चितवानका विद्यार्थीहरु, ठोरीको विद्यार्थीहरु बढी हाम्रो क्याम्पसमा आएको देखिन्छ । यहाँ विभिन्न ठाउँबाट विद्यार्थीहरू आउनुमा हामीकोमा शैक्षिक गतिविधिको विविधता छ । हामीमा कक्षा ११ देखि स्नाकोत्तर तहसम्म विभिन्न संकायमा पठनपाठन हुन्छन् । यहाँ मानविकी, शिक्षा, व्यावस्थापन, विज्ञान सबै संकायमा पहिलेको अहिलेको नयाँ सबै पठनपाठनहरु हुन्छन् । शैक्षिक गतिविधिहरु धेरै भएकोले पनि यहाँ विद्यार्थीको आकर्षण धेरै भएको हो । अर्को कुरा हामीकोमा धेरै शैक्षिक उपलब्धिहरू हासिल गरेका छौं र अहिले पनि निरन्तर छौं । यहाँ भव्य भौतिक संरचना छ र सोही अनुसारको जनशक्ति भएकोले विद्यार्थीको आकर्षणको केन्द्र बनेको हो ।

कुन सङ्कायमा विद्यार्थीको चाप धेरै छ ?

घिमिरेः यसमा विद्यार्थीको बाध्यता पनि हुन्छ । अहिलेको ग्रेडिङ प्रणालीले गर्दा जसले जति नतिजा ल्याएको उसले बाध्य भएर त्यही विषय पढ्नु पर्छ । त्यसले गर्दा विद्यार्थीको रुचि त एकातिर होला तर नतिजा अनुसारको विषय लिनु पर्छ । यसमा हामीकोमा शिक्षा, व्यावस्थापन र मानविकी पढ्ने विद्यार्थीको सङ्ख्या बढेको पाइन्छ । त्यस्तै स्नातकमा विज्ञानमा र बीबएिसमा पनि विद्यार्थीहरू धेरै छन् ।

कक्षा १२ को परीक्षाफलको अवस्था कस्तो छ ?

घिमिरेः कक्षा १२ को रिजल्ट पनि हामीकोमा विषय अनुसार फरक–फरक छ । जस्तो विज्ञानको धेरै नै राम्रो छ यसमा ग्रेडको हिसाबले पनि यहाँ विज्ञान पढ्ने विद्यार्थीको भन्दा शिक्षा र मानविकी पढ्ने विद्यार्थीको कम छन् । हामीले यो परिणामलाई राष्ट्रियस्तरमा तुलना गर्ने हो भने सन्तोषजनक छ । ग्रेडको हिसाबले हेर्दा सबै ग्रेडिङ नतिजा सन्तोषजनक छैन । हाम्रो क्याम्पस सबै पढ्ने इच्छा भएको विद्यार्थीको लागि ढोका खुला भएको क्याम्पस हो । यहाँको शिक्षा जुनसुकै तह, हैसियत, प्रकृतिको विद्यार्थीलाई पनि समावेश गर्ने क्याम्पस भएकोले हामीले कस्ता विद्यार्थीलाई भर्ना लिएका छौं भन्ने हिसाबले हेर्दा कक्षा १२ को रिजल्ट सन्तोषजनक छ ।

मकवानपुर क्याम्पसमा ११ मा भर्ना हुने विद्यार्थीको कस्तो अवस्था छ ?

घिमिरेः हामीसँग गत वर्षको तुलनामा लगभग सबै सङ्कायको गरेर १२०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । हामीसँग यो गे्रडवृद्धि परीक्षाले गर्दा भर्ना हुने क्रम दसैँसम्म चल्छ । हाम्रोमा विद्यार्थी धेरै भयो भन्ने जस्तो कुराहरू हुँदैन । धेरै सामुदायिक विद्यालयहरू भएकोले कुनै कुनैमा ११, १२ को पढाइ नहुने हुनाले विद्यार्थी धेरै भएको हो । त्यसैले यो भर्ना हुने क्रम रजिस्ट्रेसनको फारम भर्ने बेलासम्म रहन्छ ।

स्नातक तहको भर्नाको कस्तो अवस्था छ ?

घिमिरेः हामीकोमा स्नातक तहको भर्ना ३ प्रवृत्तिको हुन्छ । एउटा बीएड, बीबीएस, बीए पढ्ने विद्यार्थीहरूको एक किसिमले भर्ना हुन्छ । अर्को बीबीएम र बीबीए पढ्ने विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ । र अर्को बिएस्सीको छुट्टै नियम छ । यसरी हामी ३ किसिमको भर्ना मार्फत भर्ना गर्ने गर्छौं । हाल बीएड, बीबीएस, बीएमा भर्ना सुरु भैसकेको छ । र प्रवेश परीक्षाको लागि तयारी कक्षा जेठबाट नै सुरु भएको छ । भाद्र पहिलो साता नै यो परीक्षा हुन्छ । हामीले स्नातक तहको पठनपाठनमा सुधार गर्दै लैजाने योजना बनाएका छौं । जस्तो २० भन्दा बढी मल्टिमिडिया कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । यसरी हामी प्रविधिसँग शिक्षालाई जोडने क्रममा छौं ।

क्याम्पसमा प्राध्यापकबाट साथ र सहयोग कस्तो छ ?

घिमिरेः हाम्रो क्याम्पसमा जति पनि प्राध्यापकहरू हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयको नियमअनुसार हुनुपर्ने योग्यता भएका प्राध्यापक नै हुनुहुन्छ । हाम्रोमा भएको प्राध्यापकहरू आ—आफ्नो विषयमा विशेषज्ञ र विज्ञ हुनुहुन्छ । त्यस आधारमा पठनपाठनमा आफ्नो विषयको परिधिभित्र रहेर कर्तव्य पूरा गर्नु भएको छ । हाम्रोमा ३ समय बिहान, दिउँसो र बेलुका गरी पठनपाठन भइरहेको हुन्छ । कुनै पनि कक्षामा कोर्ष नसकिएको भन्ने हुँदैन कोर्ष सकिएपछि पनि जटिल विषयको कोचिङहरू हुन्छन् । हामीलाई अभिभावकहरूबाट पनि राम्रो सहयोग भएको छ । मुख्यतः हाम्रो मकवानपुर क्याम्पस अभिभावकको साझा सम्पति हो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17363743 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top