12 Dec 2019   |   
logo
राजनीति

बन्दले जनजीवन प्रभावित



राजनीति   127 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः नेत्रवित्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको मकवानपुरमा आंशिक प्रभाव परेको छ । बन्दका कारण शैक्षिक संस्थाहरु बन्द भएका छन् । बन्दका कारण विद्यालयहरुमा नियमित पठनपाठनमा अवरोध भएको छ भने निजी विद्यालयमा सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षा समेत प्रभावित बनेको छ । बजारक्षेत्र बन्द रह्यो भने सरकारी सेवा प्रदायक कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति न्यून थियो ।

बजार तथा ग्रामीण क्षेत्रमा निजी सवारी साधनका साथै सार्वजनिक यातायातका साधनहरु अटो, मयुरी सञ्चालनमा रहेका थिए । जिल्लाका विभिन्न स्थानमा नियमित सञ्चालन हुने बस, म्याजिक, माइक्रोबस सेवा सञ्चालन भएनन् । विप्लप समूहले उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बन्दको आव्हान गरेको हो । मकवानपुरमा दुईवटा सवारीसाधनमा आगजनी भएको छ । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु राखिएको थियो । मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेल हुमानेभन्ज्याङमा निजी कारमा आगजनी भएको छ । हेटौंडाबाट काठमाडौतर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो । यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरे खैराङमा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । ज्यामिरेमा गुडिरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम टाढैबाट प्रहार गरेको बताइएको छ । पेट्रोल बम प्रहारबाट ट्रकको अगाडिको भाग जलेको छ । बुधबार बिहान हेटौंडाका विभिन्न स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19198859 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top