21 Aug 2019   |   
logo
अन्तर्वार्ता

शिक्षा, स्वास्थ्य, कृषि र पशुको क्षेत्रलाई प्राथमिकता दिएका छौँ



अन्तर्वार्ता   19 पटक पढिएको   बिवस अधिकारी     

यतिबेला स्थानीय तहका अधिकारीहरु आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा छन् । निर्वाचित भएर दुई आर्थिक वर्ष काम गरिसकेको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु स्थानीय तहका लागि उपयुक्त योजना बनाउन सक्षम भइसकेका छन् । जनताका आवश्यकता पनि बुझिसकेका स्थानीय तहमा कसरी बजेट निर्माण भइरहेको छ, तथा चालु आथिृक वर्षको समिक्षालगायतका विषयमा मकवानपुरको थाहा नगरपालिकाका मेयर लबशेर बिष्टसँग बिवस अधिकारीले गर्नुभएको कुराकानीः

थाहा नगरपालिकाको पछिल्लो गतिविधि केमा केन्द्रित रहेको छ ?

विष्टः हाम्रो गतिविधि भनेको नागरिकता दिने दैनिक सेवा, विकास निर्माणका कार्यहरु रहेका छन् । हामीले त्यस्ता गतिविधिहरूमा समय खर्च गरिरहेका छौं ।

विकास निर्माणको अहिलेको अवस्था चाहिँ के रहेको छ ? थाहा नगरपालिकाको ?

विष्टः अहिले हामीले शिक्षा, स्वास्थ्य, कृषि र पशुको क्षेलाई प्राथमिकता दिएका छौँ  । पहाड अलि चिसो ठाउँ भएको हुनाले पशुको विकास त्यति हुन सकेको छैन । त्यस बाहेक हामीले कोल्ड स्टोर्सको नीति अघि बढाएका छौैं । जुन निर्माणधीन अवस्थामा छ । कृषिमा यसैवर्ष एउटा ऐच्छिक कोष नर्सरी स्थापना गर्ने भनेर केही प्रक्रियाहरु अगाडि बढिरहेको अवस्थामा छ । सहरी खेतीको विकासमा पनि अलि बढी ध्यान दिएका छौं । त्यसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण लागू भएको हुनाले प्रधानमन्त्री कृषि परियोजना अनुसार थाहा नगरपालिकाको कृषि कार्यक्रमलाई समायोजन गदैं अध्यक्षलाई अलिकति आधुनिकीकरण बढाउने अवस्था रहेको छ । यसैगरी सडक पूवर्वाधारमा पनि स्तरीकरणमा अलि बढी जोड दिइरहेको छौं । यसैगरी खानेपानीका लागि ३ वटा वडाको ठूलाठूला प्रोजेक्ट अहिलेसम्मको थाहानगरपालिकाको ठूलो प्रोजेक्टको रुपमा रहेको  छ । सानासाना ट्याङ्की बनाएर ४०-५० घरलाई दिँदै आएको अवस्था थियो हिजो त्यो अवस्थालाई उपयोग एउटा ४ सय ५ सय घरले उपभोग गर्ने उद्देश्यले २÷३ वटा मुहानलाई समेटेर ठूलो क्षत्रको नागरिकलाई एउटा प्रोटेक्ट खानेपानी व्यवस्था गर्न सकियो भने त्यो खानेपानी आयु पनि बढ्छ र मानिसलाई अवगत पनि हुन्छ । वडा नं. ६५ मा २ करोड २९ लाखमा ट्याकी निर्माण भइरहेको छ ।     

दुई वर्षको अवधिमा काम गर्दा हालसम्म गरेको उपलब्धि के मान्नुहुन्छ ?

विष्टः हरेक कार्य नमुना कार्य जस्तो देखिन्छ जुन २० वर्ष जनप्रतिनिधिविहीन अवस्थामा रहेको थियो । दैनिक आफ्नो पाउने सिफारिसका कुरा गाउँपालिका र नगरपालिकाका समस्याका कराहरु आज हामीले चुस्त दुरुस्त ढङग् अगाडि बढाइरहेको अवस्था छ । नागरिकको समस्या छ भने सिधै फोन गरेर अफ्ना समस्या सुनाउन पाउँदा एउटा सबभन्दा पहिला त्यही नै प्रगति भएको छ । त्यसबाहेक देखाउन कुराहरु थुप्र्रै कुराहरु हाम्रो नगरपालिकामा १२ वडा पर्छ हरेक वडाको बाटाहरू छन् ।  हामीले प्राथमिकीकरण गर्न  गारो भएको हुनाले हामीले वडा अध्यक्ष्ँ ज्यूहरुसँग सल्लाह गरेर हेरक वडाको एउटा बाटोलाई प्रमुख बाटो रुपमा लैजाउँ यो पटक चाहिँ त्यसलाई कालोपत्रे गर्ने जुन बाटोमा मानिसहरु आफ्नो दैनिक उाभोग्य समाग्रीहरू ल्याउने लैजना गर्छ त्यो बाटोलाई हामीले कालोपत्रे गर्छौं । अरु बाटोहरू पनि पिच ढलान हुने अवस्थामा छ । ग्रेभलिङग भइरहेको छ । पर्यटन प्रवर्धन काम पनि भइरहेको छ ।

चालु आर्थिक वर्षको समीक्षा गर्दा तपाइँ कतिको सन्तुष्ट हुनुहुन्छ ?

विष्टः एकदमै सन्तुष्ट छु । नागरिकको अपेक्षासँग म त्यहाँको नागरिक पनि हो । आफू नागरिक भएर मूल्याङ्कन गर्दँ जुन यो दुईवर्षमा नयाँ किसिमको सरकार हामीलाई काम अवस्थामा पनि अलि असजिलो हुन कानुन भएका हुनाले र यो सबै चिज भएको हुनाले धेरै काम गरेको महसुस गरेको छु । एउटा मेयर आफूले काम गरेर आफैले बयान दिँदा राम्रो नहोला । यहाँहरुले नागरिकहरुलाई सोधेर थाहा पाउन सक्नुहुन्छ ।

आगामी आर्थिक वर्ष योजना के छ ? कसरी अगाडी बढ्ने लक्ष्य लिनुभएको छ ?

विष्टः हामीले यो वर्ष ५ लाखको योजना गयौं । नगपालिकालाई साबिक आग्रामा २ वटा वडा छ र साबिक विष्णुमतीमा २ वटा छ । त्यहाँ होटलहरु छन् त्यहाँको अवश्यकता त्यहाँको अरु बाँकी वडाको अवश्यकता कुरा गर्दँ फरक पनि पाउने भएको हुनाले यस पटक ५ लाख रुपियाँको योजना र विष्णुमतिमा चाहिँ योजना अभिमुखीकरण गर्नुहोस् भनेको छौ  र अन्य बाँकी ८ वडालाई ७ लाख रुपियाँमा भन्दा कमको योजना नबनाउनुहोस् भनेर हामीले बजेट छेट्टएको अवस्था छ । यसलाई क्रमिक रुपमा विस्तारै ठूलो योजना बजेट प्रयोग गर्नुपर्छ भनेर त्यसलाई अझै प्रगतिको रुपमा बढाउन आग्रह गरेका छौं ।  






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363303 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top