12 Dec 2019   |   
logo
विचार

ओशो–शिक्षक, समाज र क्रान्ति



विचार   171 पटक पढिएको   कैलाश धिताल     

बीसौं शताब्दिका एक क्रान्तिकारी विचारक ओशो जसले धर्ममात्र होइन राजनीतिदेखि यौन मनोविज्ञानसम्म विचारको विजारोपण गरेका छन् । सत्ययुगमा देव र दानवले समुन्द्र मन्थन गरेझैं आधुनिक विश्वलाई शिक्षाको सत्मार्ग देखाउन दरिलो तर्क एवम् विचारको मन्थन ओशोले आफ्नो चर्चित पुस्तक “शिक्षामा क्रान्ति” आोशोको आधुनिक विश्वले शिक्षालाई हेर्ने नजर र त्यसको आडम्बरी चश्मा हटाउन सफल पुस्तक हो ।

ओशोका अनुसार हामीले मान्दै आएका र भन्ने गरेका जुन शिक्षाशास्त्री र वुद्धिजीवी छन् उनिहरुबाट शिक्षा सम्बन्धी वर्षौदेखि खुल्न नसकेका सत्य अब खुल्लान भन्ने आशा समाप्त भइसकेको छ । किनकी हजारौं वर्षदेखि शिक्षाशास्त्रीहरु चिन्तन गरिरहेका छन् तर शिक्षाको जुुन स्थिति छ, जुन किसिमको वर्तमान दायाँ छ त्यो शिक्षाबाट पैदा हुने मानिसको जुन रुप रेखा छ त्यो यति गलत र अस्वस्थ छ कि शिक्षाशास्त्रीहरुमा नै नैराश्य पैदा हुने अवस्था दिनानुदिन सिर्जना भैरहेको छ ।

यसो भइरह्नुको पछाडी विविध समस्याहरु छन् र ती समस्याहरु मध्येको नेपालको सन्दर्भमा मेल खाने प्रमुख समस्या भनेको शिक्षक र समाजको सम्बन्ध हो । उनले भने जस्तै शिक्षक र समाज बीचको आजसम्मको सम्बन्ध भनेको शिक्षक गुलाम र समाज मालिकको रुपमा रहेको छ । यो अवस्था सामुदायिक वा संस्थगत दुवै खाले शिक्षा क्षेत्रमा व्याप्त रुपमा पाइन्छ । समाज आजको उत्तरआधुनिकवादतर्फ ढल्किरहँदा पनि समाजले शिक्षकबाट त्यही गराई रहेको छ जुन मरिसकेका मानिसले मरेर जानेवाला मानिसले जुन नासो छाडेका छन् चाहे त्यो ठिक होस् या गलत त्यसलाई नयाँ बच्चाहरुको मनमा प्रवेश गराइदियोस् । समाजले आज पनि शिक्षकबाट त्यही काम गराइरहेको छ र हामी शिक्षक पनि आफ्नो प्रतिको धर्म सम्झेर त्यही गरिरहेका छौं । समाजको ढाँचासँग जोडिएको स्वार्थ, अन्धविश्वास आदिका कारण यो सब भैरहेको छ ।

हाम्रा सारा शिक्षा अतित उन्मुख हुन उत्सुक छन् । हाम्रा सारा सिद्धान्त, सबै आदर्श अतितबाट आयातित छ । अतित भन्नाले जुन मरिसक्यो त्यही कुरा आजको वर्तमानमा आफ्ना बालबालिकालाई दिएर एउटा शिक्षक उसको विद्यार्थीको लाब्धाङ्कपत्र हेरेर प्रफुल्ल हुन्छ अनि समाजमा पनि कसैले सोँच्दैन कि बालबालिकाको सिर्जनाशक्ति मारेर देशलाई हजारौं वर्ष पछाडी हामी विश्व जगतलाई धकेली रहेका छौं । शिक्षा क्षेत्र हाम्रा सामाजिक मूल्य मान्यता रीतिथीतिबाट मार्गनिर्देशित छ जसले एक शिक्षकलाई न त स्वतन्त्र रुपले शिक्षण गर्न दिन्छ न त समाजमा रुपान्तरणको विगुल नै फुक्दछ । हाम्रो समाज बालबालिकाले परीक्षामा कति अड्ढ प्राप्त गर्यो भन्ने खोजमा दौडन्छ यो सोँच्दैकी मेरो छोराछोरीले असहाय दिनदुःखीलाई सेवा गर्नुपर्दछ भन्ने कुरा सिक्यो कि नाइ । हो हाम्रा समाज यसैगरी चलिरहेको छ । यदि कुनै शिक्षकले चाहने हो भने शिक्षामा नयाँ क्रान्तिको विगुल फुक्न सक्ने कुरालाई ओशोले दरिलो बहसको विषय बनाएका छन् । शिक्षक एक रोलमोडेल बन्न सक्नुपर्दछ । वास्तवमै लाइफ चेन्जर बन्न सक्नुपर्दछ तब मात्र लाखौं बालबालिका माथि न्याय हुन सक्छ । शिक्षकभित्र एक ज्वलन्त अग्नि दन्किनु पर्दछ । विद्रोहको, चिन्तनको सोचाइको तर के हामीसँग सोचको अग्नि छ ? यदि छैन भने विचार गर्नुस् तपाई शिक्षक होइन, एक दोकानदार हो ।

शिक्षकको मतलब शिक्षण गर्नु होइन, शिक्षक हुनु आफै ठूलो कुरा हो । शिक्षक हुनुको मतलव के हो ? सारा दुनियाँमा बच्चालाई सिकाउँदै आइएको छ, प्रेम गर भनेर तर हामीले कहिल्लै विचार गरेका छौं कि हाम्रो पुरै व्यवस्था प्रेममा आधारित छैन । बरु प्रतियोगिता माथि आधारित छ । प्रेम गर भनेर त केवल किताबमा सिकाइएको छ अनि सम्पूर्ण व्यवस्था प्रतियोगितात्मक छ । जहाँ प्रतिस्पर्धा छ त्यहाँ प्रेम कसरी हुन सक्छ ? यदी हुन्थ्यो भने आज अमेरिका र उत्तरकोरिया आपसमा लड्दैनथे, चीन र अमेरिकाबीच व्यापार युद्ध चल्दैन्थ्यो । प्रतिस्पर्धा इस्र्याको रुप हो जसले जल्न सिकाउँछ अनि हामी त्यहीं इस्र्या र जलन प्रत्येक बालबालिकाको मन मस्तिष्कामा पैदा गरिरहेका छौं । तिमी पहिलो हुनुपर्दछ भनिरहेका छौं । कसैले सोँच्दैनकी यो भनिरहँदा कतै बालबालिकाको सिर्जना शक्ति नष्ट भइरहेको छैन । यो अवस्थालाई कसले चिन्ने ? अनि कहिलेसम्म चिन्ने ? यो अवस्थालाई कसैले चिर्न सक्छ भने त्यो शिक्षक नै हो ।

शिक्षकले पेशाप्रतिको धर्म नभुली प्रेमरुपी शिक्षामा जोड दिन सकेको खण्डमा शिक्षामा आमुल परिवर्तन आई क्रान्तिको रुप लिनेछ र अमेरिका–उत्तरकोरिया, चीन–अमेरिकाका भावी सन्ततीले अहिलेको अवस्था चिर्दै सौहाद्र्ध वातावरण सिर्जना गर्न सक्ने छ । अनि नेपालले पनि उत्तरदायी, वैभवशाली, सक्षम, कर्मठ अनि प्रेमील मानव संशाधनको विकास गर्न सक्ने छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19202336 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top