21 Nov 2019   |   
logo
साहित्य

यही हो त गणतन्त्र ?, कथा



साहित्य   1150 पटक पढिएको   एञ्जल श्रेष्ठ, नवोदय शिशु सदन, कक्षा–९     

एउटा सानो गाउँको सामान्य शिक्षा हासिल गरेको गरिब घरको युवा अमर नाम गरेको केटो रोजगार नपाएर भौतारिँदै हिँडिरहेको थियो । एकदिन उसको साथीले सिपाहीमा भर्ना खुलेको छ भनेर उसलाई भन्यो । त्यसपछि उसले आफ्नो नाम त्यहाँ टिपायो र छनौट प्रक्रियामा सहभागी भयो । नतिजामा उसको नाम पनि टाँसिएको रहेछ । ऊ खुसीले गद्गद् मात्र भएन उसले सबैतिर आफ्नो नाम निस्किएको खबर सुनायो । केही दिनपछि ऊ सिपाहीको तालिममा गयो ।

त्यहाँ उसले अनुशासन देशभक्ति, हातहतियारसम्बन्धी ज्ञानहरु हासिल गरे । त्यसपछि बल्ल ऊ सिपाहीमा नियुक्ति भयो । केही दिनपछि ऊ र उसको बटालियनलाई एउटा गाउँको सुरक्षाका लागि खटाइयो । जहाँ माओवादी भन्ने क्रान्तिकारीहरुबाट गाउँलेहरुमा लुटपात, अपहरण र सरकारी कार्यालयमा आक्रमण जस्तै गर्ने क्रियाकलापहरु सुनिँदै आइरहेको थियो । जुनदिन ती बटालियनहरु गाउँमा सुरक्षा दिन एउटा भवनमा बसेका थिए त्यस रात सुतिरहेको बेला उसले गोली पड्केको आवाज सुन्यो । सिपाहीहरु उठेर प्रतिकार गर्न थाल्दा केही क्रान्तिकारी आएर कागजपत्रहरु फालेर गएको भेटियो । जसमा स्वतन्त्र देश लोकतन्त्र मुलुक जस्ता नाराहरु लेखिएको थियो । सिपाहीहरुलाई त्यहाँबाट छाडेर जान चेतावनी पत्रहरु पनि थिए । 

ती क्रान्तिकारीहरुको शोषण, दबाव र चन्दा सङ्कलनहरुको पीडित गाउँलेहरु चाहिँ सिपाहीहरुलाई त्यहीँ बसी उनीहरुको सुरक्षाका लागि बस्न अनुरोध गर्दै थिए । त्यसपछिका दिनहरुमा सिपाही र क्रान्तिकारीहरुको बीच कहिले कुन ठाउँमा दोहोरो भिडन्त भइनै रहन्थ्यो । त्यसमा कयौं क्रान्तिकारी र सिपाहीहरु घाइते हुन्थे भने कोहीले ज्यान पनि गुमाइका थिए । त्यसपछि एकदिन फेरि “खाली गरेर सहर फर्की नत्र हामी कसैलाई पनि छोड्दैनौं । अब हामी पनि हाम्रो जनशक्तिको साथ आक्रमण गर्ने छौं ।” भनेर चेतावनी आएपछि सिपाहीहरु थप सेनाका तयारीमा लागे । त्यसदिनको रातमा नै क्रान्तिकारीहरु आई गोलीका वर्षा गर्न थाले । सिपाहीहरुले पनि प्रतिकार गर्दै आइ रहेका थिए । त्यसबेला धेरै सिपाहीहरुको मृत्यु भएको थियो । ती क्रान्तिकारीहरुलाई निशाना बनाउनका लागि सिपाहीहरु फोर्स लाईट तिनीहरुतर्फ फर्काए र त्यति नै बेला जनरल साहेबले फायर भनेर आवाज दिनुभयो ।

लाईटको उज्यालोले तिनीहरुलाई हेर्दा तिनीहरु त त्यस अमरको गाउँको साथीहरु पो रहेछन् । त्यहाँ त अमरलाई सिपाहीको भर्ना खुल्यो भनेर जानकारी दिने साथी पनि रहेछ । सरले उसलाई फायर फायर भनेर रिसले चिच्याइरहेका थिए तर उसले गोली चलाउन नसकेर ऊ सोचमा परिरह्यो । उसले सोच्यो ‘म यहाँ देशका लागि जनताका लागि सुरक्षा दिन तैनाथ भई लडिरहेको छु भने उता मेरै साथीहरु बन्दुक बोकी हामीलाई नै तेस्र्याइरहेका छन् । हुन त उनीहरु पनि स्वतन्त्र देशको लागि नै लडिरहेका हुन् भने देशप्रेमीको हो त ? हामी सिपाही हौँ कि उनीहरु क्रान्तिकारी माओवादी हुन् ? उनीहरु पनि देशको विकास गरिबीको कारण सम्पूर्ण देशको लागि लडिरहेका हुन् भने हामी पनि देश कै लागि लडिरहेका हुन् भने हामी पनि देशकै लागि लडिरहेका हौं । अब मैले उनीहरुलाई गोली प्रहार गर्न ठीक कि बेठीक ? भनेर सोँच्दासोँच्दै फायर भन्ने हाकिमलाई नै गोली लाग्यो । अमरले उसको साथीलाई गोली हान्न नसकेर आफ्नो हाकिमलाई बचाउन जाँदा उसलाई पनि गोली लाग्यो उसको आँखा र खुट्टामा ।

उसको आँखा १–२ महिनापछि मात्रै खुल्यो । खुल्ने बित्तिकै उसले बोल्दा जिन्दावाद भन्ने आवाज सुन्यो । ऊ उठेर हेर्न जान लाग्दा उसको दुई खुट्टा काटिएको रहेछ । उसको छेऊमा उसकी श्रीमती र आमा रोएर बसिरहेका थिए । उसले नर्सलाई सोध्यो ‘यो के को आवाज हो ?’ नर्सले भनिन् ‘हामीले देशमा लोकतन्त्र ल्यायौं, हामीले जित्यौं ।’ र उसले सोच्यो कि म बाहिरको आवाज सुनेर खुसी हौं कि अगाडि पछाडि बसेका श्रीमती र आमा रु मेरो काटिएको खुट्टा हेरेर दुखी हौं । के पायो लोकतन्त्रमा दाजुभाइलाई एकआपसमा मारेर काटेर मजस्ता अरु सिपाहीहरु सहिद भएर र अपाङ्ग भएर के शान्ति आयो ? लोकतन्त्र आएर म जस्ता पीडितहरुले के आफ्नो खुट्टा र आफ्नो परिवारलाई खुसी राख्न सके ?’ ऊ भित्र गुन्जिरहेको उसकै प्रश्नहरु कसलाई सोधूँ जस्तो भइरहेको थियो उसलाई ।

लोकतन्त्र भनेको त एउटा राजनीति चलखेल मात्र रहेछ । देशलाई चाहिएको त शान्ति, विकास, शिक्षा, रोजगार हो । त्यसैले यसका लागि आवाज आजैबाट निकालौं हत्या, हिंसा, अशान्ति, बेरोजगार,अशिक्षा हटाऔं ।








सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

मुक्तक,

विज्ञान

मुक्तक

नरेशको झुट

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550703 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top