21 Aug 2019   |   
logo
विचार

भर्ना अभियान र सामुदायिक विद्यालय



विचार   119 पटक पढिएको   कैलाश धिताल     

“हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पठाऔं” भन्ने नारा २०७६ को लागि तय गरी विद्यार्थी भर्ना अभियानमा शिक्षाका सम्पूर्ण निकाय लागी परेको देखिन्छ । विगतको वर्षमाझै यस वर्षपनि नयाँ नाराका साथ देशभर जिल्ला शिक्षा समन्वय एकार्ई, नगर तथा गाउँपालिका लगायत कर्मचारी शिक्षक तथा सम्बन्धित पक्ष्ँ र सरोकारवालाहरु शिक्षाको नयाँ विगुल फुकी रहेका छन् । नारा धेरै फेरिए र पनि पारा फेरिन नसकेको स्थिति सबैमा जगजाहेर नै छ । प्रत्येक साल बैशाख २ आउँछ नयाँ नारा आउँछ भर्ना अभियान सुरु हुन्छ सबै विद्यालयहरु आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको तर्क गरिरहन्छन् भने घटेको, बसेको हुँदैन के यो वास्तविकता नै हो त रु सबै विद्यालयमा ह्वातै विद्यार्थी बढेको भए घट्यो चैं कुन विद्यालयको रु त्यतीमात्र होइन भर्ना अभियानकै चर्चा गरिरहँदा अर्को छुटाउनै नहुने पक्ष चाहीँ के हो भने हाम्रा जति पनि विद्यँलयहरु छन् तिनीहरुले तथ्यांकमा देखाउन जति विद्यार्थी कक्षाकोठामा हुन्छ त ? छैन भने ति विद्यार्थी कहाँ गए जो कक्षामा छैनन् अनि त्यसको जिम्मा कसले लिने ?

    सबैलाई एउटै घानमा पक्कै मुछ्न नसकिएला तर अवस्था करिब करिब उस्तै छ । भर्ना अभियान २०७६ प्रारम्भसगै मकवानपुरका धेरै विद्यालयहरु अफ भनौं सामुदायिक विद्यालयहरु गाभिने अवस्थामा पुगेका छन् । सामुदायिक विद्यालय एक आपसमा गाभी रहँदा विद्यार्थीलाई पर्ने दुरीको भार कसले मनन् गर्ने रु आर्थिक हिसाबले सरकारलाई व्ययभार कम पर्ला तर शारीरिक र मानसिक हिसाबले विद्यार्थीमाथि मर्का अवश्य पर्ने देखिन्छ । बजारमा नाम चलेका अब्बल विद्यालयहरुमा विद्यार्थी चाप उच्च देखिन्थ्यो । हिजोको दिनमा त्यही अवस्था बजारबाट झन्डै १२ कि।मी। दुरीमा रहेको जनप्रिय माविमा पनि देखियो । यसै शैक्षिक सत्रमा करिब ३०० को हाराहारीमा नयाँ विद्यार्थी भित्रयाएर उसले आफ्नो कौशलताको संकेत देखाई सकेको छ । आखिर किन कही सरकारी विद्यालय मर्ज हुने अवस्थामा छ भने कतै थामी नसक्नु विद्यार्थी छ ?

    नेपालमा तीनखाले शिक्ष्ँक छन् । एक पेशाप्रति उत्तरदायी र सकारात्मक, अर्को तटस्थ, अर्को परिवर्तन हुन नचाहने यसो भनिरहँदा सायदनै गलत नहोला । वास्तवमा कुनै विद्यालय अव्वल बन्छ भने पहिलो कारण शिक्ष्ँक नै हो र बिग्रन्छ भने पनि त्यो शिक्षिककै कारण बिग्रन्छ । शिक्ष्ँण पेशालाई पवित्र मानी यो पेशा हो जागीर हैन भन्ने मानसिकता आम शिक्ष्ँकको  मानसपटलमा घुस्न नसक्नु आजको चिन्ताको विषय हो । शिक्ष्ँणको अर्थ ‘पढाउनु’ हो भनेर कसैले भनेमा त्यो गलत हो र पनि आजको वौद्धिकताले यसलाई स्विकार्न सकेको छैन । शिक्षक पेशेवर हुन् नस्कनु अहिलेको शिक्षा क्षेत्रका विडम्बना हो । कहिलेसम्म जान्छ जागिरे मानसिकताले शिक्षा ?

    प्रश्न धेरै अनुत्तरित बनिरहेका छन् । यस्ता कुरालाई चिर्दै जुन विद्यालयको शिक्षक हार्दिकता सकारात्मकता सहित अघि बढ्छ । त्यस विद्यालयले निकट भविष्यमै प्रगति गरेको ज्वलन्त उदाहरणहरु छन् । समयको अनि आम अभिभावक वर्गको मागलाई संवोधन गरी धेरै विद्यालयले अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरेको पाइन्छ । कतिपय विद्यालयले संचालन गरेको अङ्गे्रजी माध्यम नामको मात्र रहेको छ भने कतिपय विद्यँलयले संचालन गरेको अङ्ग्रेजी माध्यम कक्षाले संस्थागत विद्यालयलको लगानीकर्ताको पूर्पूरो चिलाउन थालेको छ । अङग्रेजी माध्यमको लागि नीजिस्रोतमा शिक्ष्ँकको व्यवस्थापन गरेका विद्यालयमा अभिभावकको चासो बढेको देखिन्छ । निजीस्रोत-करार शिक्ष्ँकहरुको लगनशिलताको मुल्य कारण संस्थागत विद्यालय छाडेरर सामुदायिक विद्यालयमा आउने विद्यार्थीहरुको चाप बढी भई विद्यालय मर्ज हुने-कोटा काटिने अवस्थाबाट माथि उठेको छ ।

    यति हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा चुनौतीका चाङहरुमा जस्तोकी निजीस्रोतका शिक्ष्ँकलाई तलब भत्ता खुवाउन समस्या, थोरैशुल्क लिँदा मुद्दा मामिला खेप्नु पर्ने झनझट् अभिभावकका्े विद्यालयप्रतिको हेराई परिवर्तन हुन नसक्नु विद्यार्थी विद्यालय छाड्नेदर घटाउन नसक्नु अनुशासन कायम राख्न नसक्नु । निजी स्रोतका शिक्षक आन्तरिक स्रोतबाट पालिन्छ, विद्यालयको अन्यस्रोत नहुने हुँदा अङ्ग्रेजी माध्यमका विद्यँर्थीबाट विद्यँलयले केही शुल्क लिने गरेको पाइन्छ तर कहिलेकाही यो विवादित बन्ने गरेको छ । सबैको लागि शिक्षा कार्यक्रमको मर्मलाई आत्मसाथगरी सरकारले आधारभूत तहको शिक्षा निशुल्क गर्ने घोषणा गरेको कारण यसकै जगमा टेकी सामुदायिक विद्यालयले माथि उठाउन खोजेको छवी धुमिल पार्न अनेकन कोशिष पनि हुने गरेको पाईन्छ । अनि सरकारी विद्यालय भन्ने बित्तिकै आम अभिभावकको मानसपटलमा भताभूङग अनि लथालिङ चरित्र चित्रण भईदिने गरेको पाईन्छ । जसका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना कम नै हुने गरेको छ ।

    भर्ना भए पनि बीचमै विद्यालय छाड्ने विद्यार्थीको दर बढ्दो देखिन्छ । नेपालमा रहेका अधिकांश सामुदायिक विद्यालयहरु यो रोगबाट ग्रसित छन् । उपचारको टुङ्गो भने अफै लाग्न सकेको अवस्था छैन । त्यतीमात्र हैन समस्याले चुली चुम्ने अवस्था छ । अवाज लिन चाहाने सायद नै भेटिन्छ । सरकार नीति तथा कार्यक्रम घोषणा गर्छु । त्यसको जगमा टेकी बजेट निर्माण गर्छु वर्षेनी अर्बौं बजेट शिक्षा क्षेत्रमा खनाईन्छ । तर उपलब्धि देखिन्छ यसो हुन नसक्नुको प्रमुख कारण पेशाप्रति उत्तरदायित्ववहन गर्न नसक्नु नै हो । सरकारले नियमन गर्न नसक्नु नै हो । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्न नसक्नाले नै शिक्षँको क्ष्ँेत्रमा चरम लापरवाही छ । विद्यार्थीले भनेको समयमा पुस्तक पाउँदैनन् । सरकारले यत्रो ठूलो संरचना हुँदाहुँदै निजि प्रकाशनहरु एक कदम अघि हुनुमा पनि शंका गर्ने ठाउँ रहन सक्ला एक निजि प्रकाशनले समयमा पुस्तक बजारमा पुर्याउन सक्छ भने सरकारले किन सक्दैन ।

    केलाउँदै जाँदा असरल्ल समस्या भेटिन्छन् । नियमन गर्ने निकाय कुम्भकर्ण झैं मस्त निदाएर बसेको पाइन्छ । समस्याले समाधानसँगै बोकेर आउँछ यदी हामीले समस्याको जड निकाल्ने हो भने समाधान टाढा छैन । सस्तो दरमा सामुदायिक विद्यालयलाई अङग्रेजी माध्यम कक्षा संचालन गर्ने अनुमति प्रदान गर्दै शैक्षिक क्षेत्रको नियमनकारी निकाय शक्तिशाली बनाउन सके शैक्षिक क्रान्ति त्यती पर छैन । सुधार होइन पूर्ण परिवर्तित अवस्था सृजना गर्न सकिन्छ । शिक्ष्ँकमा पेशाप्रतिको भावना पैदा गराउन गर्नुपर्ने सबै कार्य सरकारी तवर र विद्यालयबाट पनि हुन आवश्यक छ त्यही हुँदा पनि शिक्ष्ँकको जागिरे मानसिकता नहटे कारवाही गर्न सक्ने हुने गरेका अवाञ्छनीय राजनीतिक गतिविधि रोकी कार्य गर्न सके मकवानपुरमा मात्र नभै सिङ्गो देशको शैक्षिक क्रान्ति गर्ने दिन टाढा छैन ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363533 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top