21 Aug 2019   |   
logo
विचार

स्मरण राख्नको लागी आवश्यकः विषयमा रुचि र स्वयंमा विश्वास



विचार   424 पटक पढिएको   आचार्य ॐ कारेश्वरानन्द अवधुत     

कुनै पनि पाठ,विषय,उत्तर,संख्या,नाम आदिलाई स्मरण राख्नको लागी रुचि हुनु अत्यन्त आवश्यक छ । यदि हामी कुनै विषयमा रुचि पैदा गर्छौ भने त्यो कुरा हामीलाई अवश्य याद रहन्छ । हामीले हेर्छौ कि कोही छात्र कुनै एक विषयमा राम्रो गर्छ भने अन्य विषयहरुमा त्यति राम्रो प्रदर्शन गर्न सक्दैन । यसको अर्थ यस्तो लगाउनु हुँदैन कि ऊ त्यस विषयमा कमजोर छ अपितु यसको सोझो मतलव यो छ कि राम्रो अङ्क ल्याउने विषयमा उसको रुचि अधिक छ । उ त्यस विषयलाई मन दिएर पढ्दछ । अन्य विषयहरुमा उसको रुचि कुनै बाधा वा अफठ्यारोको कारणले कम हुन सक्छ । संभव छ, अन्य विषयहरुमा उसको रुचि पैदा भएको अवस्थामा राम्ररी बुझ्न सक्छ वा राम्रो बुझेको अवस्थामा रुचि उत्पन्न हुन सक्छ ।

 बिर्सने बानीको कारणः— धेरै महिलाहरुको गुनासो हुन्छ कि उनको स्मरणशक्ति कमजोर भईरहेको छ र सानातिना कुराहरु बिर्सिन्छन् तर यी नै महिलाहरु एक हप्ता अगाडि भएको पार्टीमा कुनै अन्य महिलाद्धारा लगाएको लुगा र गहनाको पूरा व्यहोरा बताउन  सक्छन् । यसको सरल अर्थ यो भयो कि स्मरण शक्तिमा कुनै कमी छैन  फरक छ रुचिको कारणले ।

 यस्तै कुनै छात्र कुनै विषयमा राम्रो प्रदर्शन गर्दैन, तर उ खेलमा धेरै राम्रो हुन्छ । उसलाई विषय सम्बन्धित उत्तर स्मरण रहदैँन, तर उ क्रिकेट का खेलाडीहरुको नाम,रेकर्ड,शतक,स्कोर इत्यादि राम्ररी बोल्न सक्छ । यसको कारण उसको रुचि हो । यदि यस्तै रुचि उसले आफ्नो पढाइमा पनि लिन  थाल्यो भने उसको स्मरणशक्ति खेलजस्तै पढाइमा पनि राम्रो हुन सक्छ ।  

स्मरणशक्ति बढाउने तीनवटा कुराः 

१०कुने विषयमा रुचि उत्पन्न गर्नु

२० आफ्नो स्मरणशक्तिमा भरोसा राख्नु 

३० दृढ निश्चय गर्नुस कि म यसलाई स्मरण राख्छु ।

स्मरण राख्नको लागी शब्दभण्डार बढाउनुहोस् कुनै पाठ या प्रश्नको उत्तर यसै कारण स्मरण हुँदैन किन कि त्यसमा कतिपय नयाँ अपरिचित शब्दहरु हुन्छन् जसको अर्थ पनि थाहा हुदैँन । यसको लागी आफ्नो शब्द भण्डार बढाउनुपर्छ  । शब्द क्षमता विस्तार निम्न प्रयासद्धारा सम्भव  छ । 

१० नयाँ शब्दहरु लेख्ने,जोड्ले पढ्ने,वाक्य प्रयोग गर्ने ।

२० शब्दको साथ उसको चित्र बनाएर राख्ने । त्यसको साथमा  जोडेका समानार्थी,विरुध्दार्थी,आवाज वा व्याकरण सम्बन्धित शब्दहरु लेख्ने ।

३० एकएक शब्द स्मरण राख्नु भन्दा समानार्थक शब्दहरु र वाक्यप्रयोगको बारेमा सोच्नुस् ।

४० शब्दलाई कुनै सन्दर्भ,व्यक्ति,घटना,स्थान वा विशेषताको साथमा जोड्नुहोस् । यसले स्मरण राख्न सजिलो हुन्छ ।

५० यस्ता कठिन शब्दहरुलाई कागजको स्लिपमा लेखेर घरको यस्तो स्थानमा टा“स्नुहोस् कि तपाई बढी समयरपटक  त्यसलाई हेर्न सक्नुहुन्छ ।

६०कार्डमा शब्द लेखेर गोजीमा राख्नुहोस् । कामको  बीचमा समय पाएपछि निकालेर हेर्नुस ।

७० कुनै नयाँ किताब पढ्नु भयो भने नयाँ शब्दहरु तुरुन्तै शब्दकोषमा नहेर्नुहोला । प्रथम पुरै वाक्य प्याराग्राफ वा पाठलाई पढेर सन्दर्भको मद्धतले अर्थको अनुमान लगाउनुहोस् । 

८० शब्दका खेलः साथीहरुसँग शब्दको अन्त्याक्षरी,पजल, कोठापूर्ति जस्ता खेलहरुले रमाइलो तरिकाबाट शब्द स्मृति दक्षता वृद्धि हुनसक्छ । 






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7370290 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top