20 Sep 2019   |   
logo
प्रदेश समाचार

प्रदेश सरकारको निर्णय, मन्त्रीलाई आचारसंहिता



प्रदेश समाचार   1117 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः ३ नम्बर प्रदेश सरकारको मन्त्री परिषद्को बैठक बिहीबार बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा निर्णय गरेको छ ।बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास गरेको छ । त्यसैगरी सामाजिक विकास मन्त्रालयले पेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन सम्बन्धी कार्यविधी पास गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश विपद् कोष सञ्चालन कायविधि २०७५ स्वीकृत गर्नुका साथै दुर्घटना सम्बन्धी आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । नुवाकोटको घ्याङ्फेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवारलाई प्रति परिवार एकलाख रुपैयाँको दरले रकम सहायता प्रदान गरिने माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय समेत गरेको थियो ।गत मंसीर २८ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट आफन्तको घेवा (किरिया) सकेर फर्कनेक्रममा मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा परी २२ जनाको मृत्यू भएको थियो ।






ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969508 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top