14 Oct 2019   |   
logo
साहित्य

हेटौंडामा सखीको विमर्श



साहित्य   1658 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः मदन पुरस्कार विजेता रामलाल जोशीद्वारा लिखित सखी उपन्यासको विमर्श कार्यक्रम बिहिबार हेटौंडामा भएको छ । लेखक रामलाल जोशीले आफ्नो उपन्यासमा थारु समुदायको संस्कृति, आन्दोलन, जातीय सङ्घर्ष विशेष गरी थारु महिलाहरु, पश्चिममा हुने थारु कमलरीका कुरा समेटिएको जानकारी गराउनुभयो ।

नेपाली साहित्यमा कमै मात्रामा थारुहरुको संस्कृति, पहिचान र उनीहरुको सङ्घर्षका बारेमा लेखिएको उल्लेख गर्नुहुँदै आपूmले प्रत्यक्ष भोगेका केहि पात्रहरु समावेश गरी उक्त पुस्तकमा विशेषतः थारु समुदायको सङ्घर्षपूर्ण जीवनबाट सफल भएको कथालाई उद्घृत गरिएको उहाँले स्पष्ट पार्नुभयो । मातृभूमि साहित्य समाजको आयोजनामा भएको विमर्शमा निमेष निखिल, कृष्ण दाहाल र भावना सापकोटाले कृतिमाथि चर्चा गर्नुभएको कार्यक्रममा शान्तिप्रिय बन्दनाले सहजीकरण गर्नुभएको थियो । विमर्श कार्यक्रम मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको सभाध्यक्षमा भएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

मुक्तक,

विज्ञान

मुक्तक

नरेशको झुट

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806846 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top