18 Nov 2019   |   
logo
प्रदेश समाचार

वर्षे अधिवेशन टुङ्ग्याउने तयारी/राजधानीको विषयले प्रवेश नपाउने



प्रदेश समाचार   1263 पटक पढिएको        

हेटौंडाः ३ नम्बर प्रदेश सभाको बैठक पुस ११ गते २ बजे बस्ने भएको छ । ११ र १२ गरी दुई दिन बैठक बसेर वर्षे अधिवेशन टुङ्ग्याउने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।


११ गते बुधबार बस्ने प्रदेश सभाको बैठकमा ३ वटा नयाँ विधेयक आउने छन् ।  उक्त बैठकमा एउटा विधेयक पारित गर्ने तयारी पनि प्रदेश सभा सचिवालयले गरेको छ । बुधबारबाट सुरू हुने प्रदेश सभाको बैठक दुई दिनको अवधिमा बैठक बसी १२ गते वर्षे अधिवेशन सकाउने तयारी गरेको ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । ११ गते बस्ने बैठकमा भौतिक पूर्वाधार मन्त्रालयको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न वनेको विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिले प्रदेश सभाको प्रतिवेदनसहित प्रस्तुत गर्ने छ । उक्त विधेयक बुधबार नै पारित हुनेछ । यस्तै प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशको औद्योगिक व्यवस्था तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश हुने भएको छ ।

यस्तै राजधानीको र नामकरणको विषयले भने यो अधिवेशनमा प्रवेश नपाउने बुझिएको छ । राजधानी र नामकरणको विषय यो अधिवेशनमा ल्याउनुपर्ने प्रदेश सभा सदस्यले दबाब दिइरहेका भएता पनि सरकारले राजधानीको विषय ल्याउन नखोजेको देखिएको छ  । ३ नम्बर प्रदेश सभाको बैठकको तयारीको लागि आज २ बजे कार्यव्यवस्था परामर्श समितिको वैठक पनि बोलाइको छ । यसअघि पुस ८ गते प्रदेश सभाको बैठक बस्ने भनेर मङ्सिर १७ गते संसदीय दलका नेताहरू बैठक बसी राजनीति सहमति दिएका थिए । ३ नम्बर प्रदेशको राजधानी चुनावी प्रक्रियाबाट टुङ्गो लाग्ने गरी ३ नम्बर प्रदेशको संसदीय दलका सर्वदलीय बैठक बसेको थियो । राजधानीको विषयमा सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियाबाट 

राजधानी टुङ्गो लाग्ने मङ्सिर १७ गते सोमबार निर्णय गरेको थियो । तर २२ दिनपछि प्रदेश सभाको बैठक बस्ने भएको हो । संघीय संसदले समेत हिउँदे अधिवेशन आह्वान गरिसकेको तर प्रदेशको वर्षे अधिवेशन समेत नसकिएकोले प्रदेश सरकार र प्रदेश सभा सचिवालयले अधिवेशन टुङ्ग्याउन हतारो देखाएको हो । वर्षे अधिवेशन सकिएपछि सरकारको सिफारिसमा प्रदेश प्रमुखले हिउँदे अधिवेशनको आह्वान गर्नुहुनेछ । यही अधिवेशनबाट ३ नम्बर प्रदेशको प्रदेश सभा सचिवालयमा रहेको सरकारको विधेयकको पास फेलको काम सकिएपछि राजधानीको र प्रदेशको नामाकरणको विषयले प्रवेश पाउने मंसिर १७ गते राजनीतिक सहमति भएता पनि सहमति अनुसार हुन नसकेको हो ।

राजधानीको र नामकरणको विषयले विवाद ल्याउन सक्ने र राजनीतिक सहमतिको आधारमा नै तोक्नको लागि सरकारका मुख्यमन्त्रीले केन्द्रमा  पहल गरिरहेता पनि प्रदेशको राजधानीको विषयमा नेकपाको नेता नै विभाजित भएपछि सहमतिमा कठिनाइ भएको हो । 






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17364295 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top