21 Nov 2019   |   
logo
मनोरञ्जन

८ वर्षीय चिरागको गीति एल्बम



मनोरञ्जन   1165 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, २५ साउनः ४ वर्षको उमेरमै स्टेजमा गीत गाएका हेटौंडाका बालप्रतिभा चिराग डंगोलले आठौं जन्मदिनको अवसरमा गीति एल्बम सार्वजनिक गरेका छन् । ७ वर्षकै उमेरमा गीत रेकर्ड गराएका डंगोलले मंगलबार हेटौंडामा आठौं जन्मदिनको अवसरमा ‘मेरो सोच’ गीतको एल्बम सार्वजनिक गरेका छन् ।

वरिष्ठ कलाकार भोला जोशीबाट सार्वजनिक गरिएको एल्बम डंगोलको पहिलो गीति एल्बम हो । आदर्श विष्टको शब्द रहेको गीतमा सुदिप सिंहले एरेन्ज गर्नुभएको छ भने दिनेश श्रेष्ठले मिक्सिङ गर्नुभएको छ । नवोदय शिशुसदनमा कक्षा–३ मा अध्ययनरत गायक डंगोलले देशमा केही राम्रो गर्ने सबैलाई खुसी भएको देख्ने सोच भएको गीत रहेकोले एल्बमको नाम ‘मेरो सोच’ राखिएको उनका बुबा किशोर डंगोलले जानकारी दिनुभएको छ । सानै उमेरमा धेरै सांगीतिक कार्यक्रम, मेला, महोत्सवमा स्टेजमा गीत गाइसकेका डंगोलले अरुले लेखेका गीतहरु पनि असाध्यै राम्रोसँग गाउँछन् । एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै गायक कृष्णगोपाल सिंहले बुबा किशोर डंगोल पनि कुनै समयमा हेटौंडामा संगीतको लागि प्रख्यात रहेकोले त्यसैको प्रभाव छोरामा देखिएको बताउनुभएको थियो । कार्यक्रममा गायिका सुशीला पाण्डे मानन्धर, गायिका पम्फा थापा मगर, गायक अन्जन दाहाल, लगायतको उपस्थिति रहेको थियो । डंगोल मकवानपुरकै सबैभन्दा कान्छो गायकको रुपमा स्थापित भएका छन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550500 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top