19 Jan 2020   |   
logo
शिक्षा

राई पुत्रलाई छात्रवृत्ति



शिक्षा   173 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, १२ बैशाखः गत माघ महिनामा हृदयघातबाट निधन भएका फुटबल खेलाडी वीरेन्द्र राईका छोरा शुभहाङ राईलाई हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले १० कक्षासम्म निशूल्क पढाइदिने भएको छ । स्वर्गीय राईले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको सम्मानमा उहाँको छोराको शिक्षामा विद्यालयले सहयोग गरेको हो ।


 

विद्यालयले केही समयअघि नै राईका एकमात्र सन्तान शुभहाङको शिक्षामा सहयोग गर्ने बताए पनि उक्त घोषणालाई नयाँ शैक्षिकसत्रदेखि कार्यान्वयन गर्न सहज हुने भएकोले यही नयाँ शैक्षिकसत्र २०७४ देखि लागुहुने गरी शुभहाङलाई बालजागृतिमा भर्ना गरिएको हो । सोमबार शुभहाङकी आमा अनिता राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, विद्यालय प्रिन्सीपल विनोद सुवेदीले छात्रवृत्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । शुभहाङलाई ३ कक्षामा भर्ना गरिएको छ । शुभहाङका बुबा वीरेन्द्र राई फुटबल खेलका राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । विभिन्न क्लबहरुमा आवद्ध भई व्यावसायिक खेलकुद खेल्नु भएका राईको स्मृतिमा नेपाल खेलकुद महासंघले बुद्धिचाल र वक्तृत्वकला कार्यक्रम समेत गरेको थियो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23853904 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top