18 Jan 2020   |   
logo
शिक्षा

कक्षा १२ को परीक्षा सुरु



शिक्षा   61 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, ११ बैशाखः कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु भएको छ । पहिलो दिन आईतबार अंग्रेजी विषयको परीक्षामा मकवानपुर जिल्लामा ३ हजार ५ सय ६४ परीक्षार्थी उपस्थित भएका छन् । ५९ परीक्षार्थी अनूपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । मकवानपुर जिल्लामा ११ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको छ ।


मकवानपुर जिल्लामा नियमित तर्फ ३ हजार ६ सय २३ विद्यार्थीले परीक्षा फारम भरेका थिए । यस्तै आंशिक तर्फ १ हजार ६ सय ३० परीक्षार्थी रहेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख यम खड्काले जानकारी दिनुभएको छ । देशभर ९ सय ९० परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । देशभर ३ लाख ५३ हजार १२ परीक्षार्थी रहेका छन् । यस वर्ष भीमफेदीस्थित क्षेत्रीय कारागारबाट कक्षा १२ मा परीक्षा दिने १३ जना कैदीबन्दी रहेका छन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23849344 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top