18 Jan 2020   |   
logo
शिक्षा

आज साक्षरता घोषणा



शिक्षा   65 पटक पढिएको        

समाज संवाददाता हेटौंडाः मकवानपुर जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिँदैछ । मकवानपुर साक्षर घोषणा हुने ३० औं जिल्ला हो ।

मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत नागरिक साक्षर भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरको दावी रहेको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ देखि साक्षरताका कार्यक्रम सञ्चालन भएको जिल्ला शिक्ष्ाँ अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिनुभयो । साक्षरता कार्यक्रमको ५ वर्षमा ६४ हजार ६ सय निरक्षरलाई साक्षर बनाउन सफल भएको जिशिअ आचार्यले जानकारी दिनुभयो । यसमा १५–६० उमेरभन्दा माथिकालाई पनि समेटिएको छ । “साक्षरता घोषणा गतवर्ष नै गर्नुपथ्र्यो तर, हुन सकेन,” जिल्ला शिक्षा अधिकारी आचार्यले भन्नुभयो,“हामीले साक्षरता घोषणाको निमित्त चैतमा वृहत्तर सर्वदलीय र सर्वपक्षीय बैठक बसेका थियौं । बैठकले ६ महिना भित्र जिल्लालाई साक्षरता घोेषणा गर्ने निर्णय गरेको थियो । सर्वदलीय र सर्वपक्षीय निर्णय र अन्तराष्ट्रिय मापदण्ड अनुसार जिल्लामा ९८.९७ साक्षर भएकोले साक्षर घोषणा गर्न लागेका हौं ।” अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले पनि जिल्लाको साक्षरता प्रतिशत ९५ भन्दा बढी भएकोले साक्षरता घोषणा कार्यक्रम राख्नु भन्ने गतवर्ष भदौंमा थप निर्देशन दिएको आचार्यले जानकारी दिनुभयो । 

आज विहीबार सिद्धार्थ माविमा भेला भएर ब्यानर र बाचागाजा सहित नगर परिक्रमा गर्दै साक्षरता घोषणा गर्ने जिशिकाको तयारी रहेको छ । प्रमुख अतिथि शिक्ष्ाँ मन्त्री धनिराम पौडेलले साक्षरता घोषणा पत्र पढेपछि जिल्ला साक्षर भएको घोषणा हुने बताइएको छ । “अहिले साक्षर मात्र भएको बाँकि निरक्षरलाई हामी पूरा गर्छौ भन्ने साक्षर गराउने कार्यक्रम सहित प्रतिबद्धतामा हस्ताक्षर हुन्छ,” जिशिअ आचार्यले भन्नुभयो, “त्यसपछि साक्षर मकवानपुर गराए बापत अनौपचारिक शिक्षा केन्द्रबाट जिल्ला शिक्षा कार्यालय मकवानपुरलाई प्रमाणपत्र वा प्रशंसापत्र दिइन्छ । सबै संघ संस्था, नागरिक दल लगायत सबै सरोकारवालाको पूर्ण सहयोगमा हामी साक्षर घोषणा गर्न सफल भएका छौं ।” अनौपचारिक शिक्षा र समग्र शैक्षिक क्षेत्रमा सहयोग पु¥याएबापत सञ्चारकर्मी, गैसस, जिशिका कर्मचारी लगायतलाई प्रशंसापत्र सहितको सम्मान गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23850905 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top