17 Oct 2019   |   
logo
विचार

अतितको यात्रा



विचार   79 पटक पढिएको   ऋषिराम पोखरेल “बकिमहे”     
हलो १ म ऋषिराम मास्टर ।” “हलो १ म केदार श्रेष्ठ हेटौंडा–४, पारिजात पथ, हजुरको २०४० को व्याचका विद्यार्थी । चिन्नु भो, सर रु” “किन नचिन्नु रु मजाले चिनेँ ।” फोन सम्वादले मेरो मनोभावलाई आज भन्दा झन्डै ३७ वर्ष अघिको यूवावस्थामा फर्कायो । मावि तहको अंग्रेजी शिक्षकको रुपमा म र निमावि तहको विज्ञान शिक्षकको रुपमा मेरा आत्मिय मित्र तथा हाल यस भेगका चर्चित शिक्षाकर्मी तथा समाजसेवी हेर्टौडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी एकैदिन २०३९ साउन ६ गते आधुनिक राष्ट्रिय माविमा प्रवेश गरेका थियौं । हाम्रा अग्रजहरु क्रमशः डेन्टीजंग शाह, देवप्रसाद श्रेष्ठ र कौशल पाण्डेको साथ, सहयोग तथा हौसलाले छोटो समयमा नै हामीलाई विद्यार्थी माझ परिचित गरायो ।

अतितको यात्रा


“ कौशल सरको अगुवाईमा पुरानो सिनेमा हल अगाडि हामीले खोलेको “प्रगति कोचिङ कक्षा” ले हामीलाई अझ बढी विद्यार्थी नजिक पुर्यायो । आफ्नो घरको केही कोठा भाडामा दिएर हामीलाई सहयोग गर्नुहुने विद्वान गुरु तथा तात्कालिन विद्यालय निरीक्षक (विनि) आदरणीय स्व. श्री टंकनाथ पराजुली ज्यूप्रति हामी उहाँको मरोणोपरान्त कृतज्ञ रहने छौं ।

त्यस बखत अहिलेका जस्ता बोर्डिङ स्कूल त के सामुदायिक माविहरु पनि जताततै थिएनन् । जति थिए ति मध्ये आधुनिक यहाँका अभिभावकको पहिलो रोजाईमा पथ्र्यो । कक्षा ९ को मात्रै चारवटा सेक्सनमा झण्डै २०० जति विद्यार्थी पढ्थे । त्यसबेलामा विद्यार्थी अहिलेको जस्ता साना उमेरका होइनन् । लैङ्गिक रुपले पूर्ण सचेत ठूला उमेरका थिए । जुनसुकै समूहमा सबै खालका व्यक्ति हुन्छन् भन्नेकुरा सत्य हो । त्यस बेलामा अध्ययनशील, विनयशील र अनुशासित विद्यार्थी पनि प्रसस्त थिए भने पढाइमा रुचि नभएका उदण्ड उच्छृङ्खल विद्यार्थी पनि कम थिएनन् । रङ्गीचङगी पोशाकमा असामान्य केश विन्यास तथा कर्ण श्रृङ्गारका साथ मनलाग्दी समयमा विद्यालय आउनु उनीहरुका लागि सामान्य थियो । विद्यालय हाता भित्र गैह्रविद्यार्थीको भिड पनि उत्तिकै हुन्थ्यो । छात्राहरु माथि दूव्र्यवहार गर्नु र छात्रहरुलाई ग्याङ् फाइटमा उतार्नु उनीहरुको मुख्य काम हुन्थ्यो । विद्यार्थीहरु निदाएको देख्दा कक्षाकोठा भित्र भन्दा पनि अहिलेको संसद भवन वा कुनै कुम्भकर्ण लज भित्र पसेको भान पथ्र्यो । “अनुशासनको मामलामा उदार नहुनु” को अर्को अर्थ नलागेमा “अरिङ्गालको गोलोमा ढुंगा हान्नु” जस्तै थियो । त्यसैले सुतेका विद्यार्थीलाई उठाउनु’ भन्दा जसरी तसरी ४५ मिनेट कटाएर बाहिरिनु सजिलो थियो ।

२०४० को एसएलसी ग्रुप मेरो लागि स्मरणीय र ऐतिहासिक थियो । यस ग्रुपलाई मैले कक्षा ९ र १० दुवैमा पढाउने अवसर पाएको थिएँ । मेरो आधुनिक प्रवेश पछिको पहिलो व्याच जसले एसएलसी परीक्षा दिएको थियो । मकवानपुर जिल्लाबाट २०४० को एसएलसी परीक्षामा सामिल भई प्रथम श्रेणीमा उत्तिर्ण हुने एक मात्र विजयकृष्ण श्रेष्ठ यसै व्याचका विद्यार्थी हुन् । भनिन्छ पुरुषको उमेर उसले खाएको वर्षले होइन उसको सोच र भावनाले नापिन्छ भने महिलाको उमेर उसको रुप सज्जाले नापिन्छ । नभन्दै २०४० को प्रसंग आउनासाथ म आफ्नो सोच र भावनाले अतितको युवा अवस्थामा फर्किए । म आफ्नो विगतमा हराइनै सकेका थिएँ ।

“सर १ हजुरसँग हाम्रो एउटा अनुरोध छ ।” केदार भाईको आवाजले मलाई फेरी वर्तमानमा ल्यायो । “हाम्रो ग्रुप फोर्टीले काठमाडौंमा त्यसबेलाका हाम्रा शिक्षक र विद्यार्थीको भेटघाट कार्यक्रम राखेको छ । यही २०७६ श्रावण ११ गते शनिबार सरले समय दिनुपर्यो ।”

कार्यक्रम हेटौंडामा नभएर काठमाडौंमा हुने भनेपछि म अक्मक्किएँ । बल्ल–बल्ल मेरो हात लागेको एक थान रोजगारीको सवाल थियो । कार्यरत अवस्थामा अत्यन्तै व्यस्त मलाई अवकाश पछिको असीमित फुर्सदले केही समय त रमाइलै अनुभूति गरायो । पछि धैरै खाँदा “चिनी पनि तितो” जस्तै भयो । “आफूलाई व्यस्त राख”, भन्थे साथीहरु । म कामको खोजीमा थिएँ । म कलिलै उमेरमा घर छाडेको मान्छे, बाँच्नको लागि धेरै संघर्ष गर्नु पर्यो । अन्त्यमा पढाउने कामले नै मलाई बाँच्न सहज बनायो । मलाई अलिअलि पढाउने काम बाहेक अरु केही आउँदैन । मैले आफन्तसँग सहयोगको याचना गरेँ । कतिपयले चाहेर पनि गर्न सकेनन् । सक्नेले गर्नै चाहेनन् । कतिपयले वचन दिएर पनि गरेनन् । अन्त्यमा मेरा मित्र पुरन बहादुर जोशीको तत्परता र हेटौंडा क्याम्पसका देवचन्द्र सर र देवीराम लामा सरको सहयोगमा अंग्रेजी पढाउनका लागि हेटौंडा क्याम्पसमा मेरो पुनरागमन भयो । मैले आइतबारदेखि नै हाजिर हुनु थियो । शनिबार काठमाडौं गएर त्यसै दिन फर्कन नसके मुखमा आइसकेको रोजगारी गुम्ला भन्ने डर थियो । म दोधारमा परेँ । आफूलाई सम्झने मान्छे डाइनासोरको प्रजाति लोप भए जस्तै लोपोन्मुख रहेको बेला आदारपूर्वक निम्ता गर्दा कसरी हुन्न भन्नु रु

“सर १ हामी हजुरलाई शनिबार विहानै लिन आउँछौं” केदार श्रेष्ठले मेरो समस्या सोहैै्र आना बुझे जस्तरी भने, “धन्दा मान्नु पर्दैैन सर । हामी जसरी पनि बेलुका ल्याइपुर्याईदिन्छौं ।”

पहिला विहान अबेरसम्म सुत्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर कलेजबाट फोन आउने डरले मन भरी सुत्न पाइँदैन थियो । हेटौंडा क्याम्पसको बेलुकाको कक्षा सकिएपछि कहिले काहीँ साथीहरु रमाइलो गरौं भन्थे । होटलमा लामो समयसम्म खानपिन चल्दा अबेर घर आइपुगिन्थ्यो । केही कुरा सुनेपछि खाना खाएर सुतिन्थ्यो । अहिले राति पनि त्यती निन्द्रा लाग्दैन । विहान पनि चाँडै निन्द्रा खुल्छ ।

त्यस दिन निन्द्रित अवस्थामा अनेक स्वप्न श्रृंखलाले मलाई अतित तिर फर्कायो । धेरै शिक्षक साथीहरुलाई सम्झिएँ । मिथिलेश उपाध्याय, राघरमण र ठाकुरनाथ गुरुले चोला बदलिसक्नु भयो । उहाँहरुसँगको रमाइला क्षणले ल्याएको मुस्कान र उहााहरुको निधनले पुर्याँएका चोट बराबर आउँदै जाँदै गरिरहे । त्यसबेला सरकारले शिक्षकलाई हेर्ने दृष्टी र गर्ने अपमानहरु पनि स्मृतिका पानामा आउँदै जाँदै गरे । शिक्षकलाई राजनीति गरेको आरोप लगाइन्थ्यो । तर आधुनिक स्कूलको हरेक सालको शीर्ष नतिजाले यसको जवाफ दिन्थ्यो । यस्तै विद्यालयमा घट्ने अनेक घटना परिघटना पनि मानसपटलमा उदाउँदै अस्ताउँदै गरिरहेका थिए । एउटा रातो स्कार्पियोले मलाई उडायो । केही सामान डिक्कीमा राखेर म एउटा सिटमा बसेँ ।

चालकसहित गाडिमा हामी ५ जना भयौं । सुरेशलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, शरद रिजाल र केदार श्रेष्ठको अतितका केही बानी व्यवहार र आकृती मेरो मस्तिष्कमा रुमलिन थाल्यो । सुरेश भाई त्यस बखत पढाइमा मध्यम स्तरका तर अनुशासित र विनयशील विद्यार्थी थिए । होचो कदको भए पनि वलिउड कलाकार कमल हसन शैलीका उनका जुँगा र बाक्लो कालो कपालले आकर्षक बनेको उनको व्यक्तित्वमा नलोभिने छात्राहरु कमै थिए । कृष्णलाल श्रेष्ठ आकर्षक जिउ–डाल भएका उत्साही तथा चन्चल स्वभावका थिए । उनलाई धेरैजसो प्रविन दाससँग देखिन्थ्यो । प्रविन दास अलि गम्भिर र वौदिक स्वभावका थिए । हटियाका समाजसेवी तथा राजनीतिकर्मी मेरा शुभचिन्तक स्वर्गीय रामनाथ रिजालका छोरा शरद रिजाल मेरा निकट विद्यार्थी थिए । अनुशासित, मिहिनेती र अध्ययनशील विद्यार्थी शरद अहिले त्रिभूवन मावि हटियाका सम्मानित शिक्षक हुन् । केदार श्रेष्ठ छक्कापञ्जा केही नजानेका सोझा र अरुको कुभलो कहिलै नगर्र्ने पढाईमा मध्यम स्तरका विद्यार्थी थिए । हाल उनी हेटौंडा–४ पारिजातपथका प्रतिष्ठित मदिरा व्यवसायी छन् । मेनरोडमा नभएतापनि उनको पसल राम्रौ नै चलेको देखिन्छ । हामी पछि–पछि गौतम मानन्धर र अस्मिर राजथला पनि आउँदै रहेछन् भन्ने कुरा कार्यक्रमस्थलमा आइपुगेपछि थाहा भयो । अल्पभाषी तर, भद्र व्यक्तिको रुपमा परिचित गौतम मानन्धर कुशल भलिवल खेलाडी थिए । पोखराको शैक्षिक भ्रमणको दौरानमा डुंगाबाट हाम फालेर फेवातालमा अस्मिर राजथलाले पौडी खेलेको दृश्य सम्झँदा अहिले पनि रौं ठाडा हुन्छन् ।

जति–जति हेटौंडाबाट काठमाडौंको दूरी छोट्याउँदै हाम्रो गाडि अघि बढ्दै थियो उति उति मेरो मन व्यग्र हुँदै गयो । आफूले चार दशक अगाडि पढाएका साना–साना भाईवहिनीहरु अहिले कस्ता भए होलान् रु को–को के–के छन् रु यस्तै प्रश्न र आफ्नै ढंगको जवाफ मनमनै खोज्ने क्रम जारी रहेको बेला सुरेश भाइले मस“ग डेन्टिजंग सरको फोन नम्बर मागे । मसँग थिएन । देव सरसँग मागेर मैले सुरेश भाइलाई दिएँ । फोन सम्पर्क पछि उहाँलाई लिन धुम्वाराही गयौं ।

नेपाली समयमा परिचयबाट केदार श्रेष्ठको सभापतित्व र शरद रिजालको उद्घोषणमा शुरु भएको कार्यक्रमले मेरा पुराना यादहरु तरंगित भए । यी कुनै समय मेरा विद्यार्थी थिए भन्ने थाहा भएतापनि यी २०४० कै व्याचका विद्यार्थी हुन् भन्ने थाहा पाउन एकछिन घोत्लिनै पर्यो । कतिपय विद्यार्थीलाई उमेरले ५० कटाए पनि अनुहारले जहाँको त्यहीँ राखेको रहेछ । विद्या, विजय—लक्ष्मी, मञ्जु, रश्मी श्रेष्ठहरु, शारदा, अनु, रश्मी कर्माचार्यहरु, मन्दिरा, इन्दिरा गोर्खालीहरु, शान्ति, सरिता र कल्पनाहरु अहिले पनि अनुहारका उस्तै रहेछन् । पढाइमा अव्वल विद्यार्थीहरु क्रमशः सोभित भण्डारी, प्रभाकर पौडेल, राकेशरत्न स्थापित र श्रृजना श्रेष्ठ झण्डै मेरो स्मृतिबाट लोप हुन लागेका रहेछन् । भाग्यले भेट भयो । प्रकाश पराजुली अहिले पनि उस्तै हक्की र निडर स्वभावका रहेछन् । सुरेन्द्र, कृष्ण श्रेष्ठ र म त हेटौंडा क्याम्पसमा सँगै काम गरेका हौं । मेरो जिवन विमा उनैले गराएका थिए ।

सुन्दर शर्मा त्यस व्याचका प्रथम विद्यार्थी अहिले वनका ठूला हाकिम भएछन् । धेरैदिन पछि देख्दा चेलीबेटीलाई माइती देखे जस्तै भयो । उनलाई मैले निशूल्क ट्युसन पढाएको मलाई स्मृति दिलाए र आभार प्रकट गरे । म पनि हर्ष विभोर भएँ । उनले आफ्नो स्वर्गीय पिताको नाममा अक्षयकोष स्थापना गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने आफ्नो योजना बताए । मेरो खुसीको सीमा रहेन । हामी दुईजना म र डेन्टिजंग सरलाई मायाको चिनो दिएपछि औपचारिक कार्यक्रम सकियो ।

औपचारिक कार्यक्रम सिद्दिनासाथ अनौपचारिक कार्यक्रम शुरु भयो । अमोद खनाल, रोशन शाह, यशोदा ढुंगाना, देवराज आचार्य मिना ताम्राकार, ईन्दु श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ सर्वाधिक खोजिएका व्यक्ति थिए । विद्यार्थीले देखाएको आदर र सद्भावले हामी दुवै म र डेन्टिजंग सरलाई भावुक बनायो । विद्यार्थी अवस्थामा उनीहरु जस्ता भए पनि अहिले उनीहरुको जिम्वेवारीपूर्ण व्यवहारले हामी प्रभावित भयौं । एक समय यस्तो हुन्छ, मानिसले आफ्नो लागि भन्दा बढी अर्काको लागि काम गर्छ । अर्को समय आउँछ, मानिसले जस्को लागि काम गर्यो उसलाई सम्झने दिन । जीवनको उत्तरार्धमा कतिपय मानिस आफ्न्तबाटै तिरस्कृत र अपहेलित भएर कष्टकर समय बिताइरहेका हुन्छन् । यस्तो अवस्थामा सामान्य सद्भाव र आदरले पनि उसलाई अति कृतज्ञ र भाव विभोर बनाउँछ । त्यसबेला आासुको भललाई आँखामा कैद गरेर राख्न मुस्किल पर्छ । शिक्षक भनेको यस्तो जात हो जो विद्यार्थीको प्रगतिमा रमाउँछ । हँसिलो अनुहारसहितको एकथान नमस्कार विद्यार्थीबाट पायो भने उसले सवै पीडा बिर्सन्छ । भ्रष्ट नेताले भोट दिने जनता बिर्से जस्तै । आफ्न्तले म बिर्सने बेलामा फोर्टी गुप्रले सम्झेकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । अन्त्यमा मेरा प्यारा विद्यार्थी भाइबहिनीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


15018699 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top