19 Jan 2020   |   
logo
स्वास्थ्य

चालु आवमा १५९३ जनाले रक्तदान गरे



स्वास्थ्य   99 पटक पढिएको   निशा गुरुङ     
हेटौंडाः मकवानपुर जिल्लामा चालू आर्थिक वर्षमा १ हजार ५ सय ९३ जनाले रक्तदान गरेका छन् । गत आर्थिक वर्षको यही समयमा १ हजार १ सय जनाले रक्तदान गरेका थिए । गत वर्षभन्दा बढी रक्तदान भएका छन् । रक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले रगतको माग बढ्दो क्रममा रहेको बताउनुभयो ।



चालू आर्थिक वर्षको पहिलो ५ महिनामा १ हजार ९३ युनिट रगत हेटौंडामै खपत भएको छ । त्यस्तै ३ सय युनिट रगत चितवनको रक्तसञ्चार केन्द्रमा पठाइएको प्रमुख दाहालले बताउनुभयो । हेटौंडामा अस्पतालहरुको विकास भएसँगै रगतको माग पनि बढेको उहाँको भनाइ छ । पछिल्लो समय रगतको धेरै माग हुँदा रगत अभावको स्थित आएको भन्दै त्यस्तो अवस्थामा जिल्लाभर रहेको ४२ वटा विभिन्न संघ संस्थाहरुले आफ्नो रक्तदान कार्यक्रम गरी सहयोग गरेको पनि बताउनुभयो । आकस्मिक रगतको अभाव हुँदा फोन गर्ने बित्तिकै रक्तदान गर्न आउने रक्तदाताको संख्या एक सय जना पुगेको पनि उहाँले बताउनु भयो । रगतको अभाव हुन नदिन विभिन्न सययमा रक्तदान जिवनदान भन्ने नारासहित रक्तदान कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षमा ३ हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहेको प्रमुख दाहालले बताउनुभयो । यसैबीच मंगलबार र बुधबार भएका रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । सिद्धार्थ बैंक हेटौंडा शाखाले बुधबार बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । मंगलबार हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडा शाखका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23860903 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top