08 Dec 2019   |   
logo
अर्थ / व्यापार

गढीका कृषक तरकारी खेतीमा अग्रसर



अर्थ / व्यापार   40 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानहरु व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिविकोपार्जनको रुपमा खेति किसानी गर्दै आएका किसानहरु पछिल्लो समय व्यावसायिक रुपमा तरकारी खेतीमा अग्रसर भएका हुन् । गाउँपालिकाको वडा नम्बर–८ बुढिचौरलाई तरकारी खेतिको पकेट क्षेत्रकै रुपमा हेरिन्छ ।

गढीका कृषक तरकारी खेतीमा अग्रसर


मकवानपुरगढीमा तरकारी बिक्रीका लागि बजार लैजाने तयारीमा ।

मकवानपुरगढी गाउँपालिकामा व्यावसायिक तरकारी खेती गर्ने किसानको खेत, बारीमा गोलभेँडा, फर्सि, स्कुस, आलुको उत्पादन सुरु भएको छ । धान खेति भित्तयाएपछि खेतमा आलु, तोरी, गहुँ र तरकारीहरुमा काउली, बन्दागोभी, मुला, फर्सी, सिमि, प्याज, लसुन लगाउन सुरुवात गरिएको छ । वडा नम्बर ८ को बुढिचौर, ६ को डुम्रेकुना र ३ को मक्रान्चुली, धमिलेफाँटलगायतका क्षेत्रमा बाहै्र महिना जस्तो गोलभेँड खेती लगाउने गरेको छ । पछिल्लो समय तालिम, प्राविधिक र सिचाई जस्ता पक्षमा स्थानीय सरकारको राम्रो सहयोग रहेको गढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाको समयमा सबै वडामा पक्की सडक नभएकोले उत्पादन भएको तरकारीलाई हेटौंडा बजारसम्म लैजान गारो हुनाले समस्या देखिएको थियो ।

वर्षा सकिएसँगै तरकारीको बजारसम्म लैजान गाह्रो हुने समस्या पनि समाधान भएको छ । तर फेरी अर्को वर्षको वर्षाको समय हुने बेलासम्ममा सडकस्तरीकरण नभए तरकारी उत्पादन हुने समयमा समस्या दोहोरिने देखिन्छ । गढीका किसानहरु व्यावसायिक रुपमै तरकारी खेतिमा पछिल्लो समय सक्रिय भएर लागेको देखिन्छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18978310 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top