08 Dec 2019   |   
logo
समाज

कडा रोगको उपचारमा ७२ जनाको सिफारिस



समाज   11 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः चालु अर्थिक वर्षको पहिलो चौमासिक सम्म ७२ जना विपन्न नागरिकहरुलाई उपचारको लागि हेटौंडा उपमहानगरबाट उपचारको लागि सिफारिस गरिएको छ । विपन्न नागरिक औषधी उपचार कोष कार्यक्रम अन्तगत ८ प्रकारका कडा रोग लागेका व्यक्तिहरुलाई यस्तो उपचारको लागि स्थानिय तहले सिफारिस गर्ने गरेको छ । चालु वर्षको श्रावण महिना देखि कात्तिकसम्म ७२ जनाको सिफारिस गरिएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले बताउनुभयो ।



सिफारिस भएका मध्ये ३३ महिला र ३९ पुरष छन् । कडा खालका रोगमध्ये क्यान्सर भएका २८ जनालाई उपचार गर्न सिफारिस भएको छ । जसमा १७ पुरुष र ११ महिला रहेका छन् । उनीहरुलाई नेपाल सरकारले १ लाख सम्म उपचारसेवा तोकिएको अस्पतालबाट प्रदान गर्छ । यस्तै क्यान्सर पछि सबैभन्दा बढी मुटका  बिरामीहरु सिफारिस भएका छन् । २६ जना सिफारिस भएका मध्ये १६ महिला र १० पुरुष छन् । त्यस्तै मृगौलाका बिरामी १० पुरुष र २ महिला गरी जम्मा १२ जनालाई सिफारिस गरिएको छ । हेड इन्जुरीका महिला ३, पुरुष २ गरी ५ जना र मस्तिष्क घातका १ जनालाई सिफारिस गरिएको हेटौंडा उपमहानगरले जनाएको छ । उपमहानगरले यस्ता प्रकृतिका कडा रोगहरुलागेको व्यक्तिलाई गत वर्षको फागुनदेखि सिफारिस गर्न सुरु गरेको हो । गत वर्ष ५ महिनाको अवधिमा १ सय ५६ जनालाई सिफारिस गरेको नगरले चालु वर्षको चौमासिकमा ७२ जनालाई सिफारिस गरेको हो । सिफारिस भएकाहरुले १ लाख सम्म नेपाल सरकारले दिएको उपचार सेवा प्राप्त गर्ने नगरले जनाएको छ । यस्तै सिफारिस भएका मध्ये  क्यान्सरका बिरामीहरु भरतपुर विपि  कोइराला मेमोरियम अस्पतालमा गएको तथ्यांकले देखाएको छ । सरकारले मृगौला प्रत्यारोपण गर्नुपरेमा ४ लाख, डायलासिस सेवा निशूल्क प्रत्यारोपण पश्ताप औषधी सेवनको लागि र प्रयोगशाला परिक्षणको लागि १ लाख ५० हजारको सम्मको उपचार सेवा उपलब्ध गराउँदछ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18980846 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top