21 Aug 2019   |   
logo
राजनीति

कांग्रेसको युवा र महिला समिति



राजनीति   22 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद् तथा युवा समिति र महिला समितिको अधिवेशन शनिबार हेटौंडामा भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।



अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ । संगीता राईको अध्यक्षतामा ९ सदस्यीय महिला समिति चयन गरेको छ भने युवराज लामाको अध्यक्षतामा युवा समिति चयन गरेको छ । महिला समितिको उपाध्यक्षमा पुष्पा पोखरेल, सचिव निर्मला कँडेल, कोषाध्यक्ष यमकुमारी श्रेष्ठ रहेका छन् । युवा समिति उपाध्यक्षमा सविन मगर र अञ्जु श्रेष्ठ, सचिव कुुसुम राई र कोषाध्यक्षमा श्रृजना थोकर चयन भएका छन् । कार्यक्रममा ट्रेड युनियनका अध्यक्ष यमबहादुर श्रेष्ठले वार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष रामनाथ मण्डलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7366638 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top