14 Oct 2019   |   
logo
राजनीति

मुख्यमन्त्री पौडेल र जर्मन राजदुतबीच भेटवार्ता



राजनीति   317 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २० शुक्रवार  
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री र नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफरबीच बिहिबार हेटौंडामा भेटवार्ता भएको छ । भेटमा जर्मनी सरकार र ३ नम्बर प्रदेशबीच प्राविधिक शिक्षाको विषयमा विशेष छलफल भएको थियो । प्रदेशसँग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो ।

मुख्यमन्त्री पौडेल र जर्मन राजदुतबीच भेटवार्ता


अहिलेको युग भनेको प्राविधिक शिक्षाको युग भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको उहाँले जानकारी दिनुभयो । यसको लागि जर्मनीसँग थप छलफल प्रक्रिया अगाडि बढाउने बताउनुभयो । राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई विस्तार गरिरहेको बताउनुभयो । प्रदेशसँग प्राथमिकता अनुसार पनि सहकार्य गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा समेत राजदुत शेफरले राख्नुभयो । उहाँले नेपालको विकासका लागि जर्मनी हातेमालो गरेर अगाडि जाने बताउनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803232 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top