18 Nov 2019   |   
logo
अन्तर्वार्ता

पढाई पूरा गर्ने सबै स्वरोजगार छन्



अन्तर्वार्ता   43 पटक पढिएको   ज्योति न्यौपाने     
हेटौैंडा उपमहानगरपालिका–१६ हटियामा रहेको जनप्रिय माध्यमिक विद्यँलय (प्राविधिक शिक्षालय) ले कृषि तथा पशु सम्बन्धी प्राविधिक शिक्षा प्रदान गरिरहेको छ । मकवानपुर जिल्लामा विद्यालय तहमा प्राविधिक शिक्षा शुरुवात गरेको जनप्रिय प्राविधिक शिक्षालय अहिले स्थापित प्राविधिक शिक्षालयको रुपमा रहेको छ । एक दशकभन्दा लामो समयदेखि प्राविधिक शिक्षा सञ्चालन गरेको जनप्रिय माविका व्यवस्थापन समिति अध्यक्ष लोकनाथ चौलागाइँसँग ज्योति न्यौपानेले गर्नुभएको कुराकानीः

पढाई पूरा गर्ने सबै स्वरोजगार छन्


विद्यँलयको अवस्थाको बारेमा बताइदिनुहोस् न ?

चौलागाइँः जनप्रिय माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । त्यसैगरी प्राविधिक धारतिर कक्षा ९ देखि १२ सम्म कृषि शिक्षाका लागि हामीलाई स्वीकृति प्राप्त भइसकेको छ । कक्षा १ देखि १० अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छौं र कक्षा ६ देखि १० सम्म चाहिँ नेपाली माध्यम पनि सञ्चालन गरिरहेका छौं । ३ वर्षे डिप्लोमा तहको आइएस्सी एजी सञ्चालन गरिरहेका छौं । जसमा कृषिमा ४० जना र भेटेरिनरीमा ४० जना गरी ८० जना विद्यार्थीलाई हामी पढाइरहेका छौं । जसमा ३ वर्षमा ८० जनाको रनिङ भइरहन्छ । यसको अलावा योग अभ्यास पनि गर्छौं र योग शिक्षा पनि दिईरहेका छौं । सँगै स्काउटदेखि लिएर विद्यँलयमा हुने गतिविधि लगायत खेलकुद गतिविधि र सँगसँगै यो साना किसानले इजरायलसँग नेपाल सरकार सम्झौता गरेको सनाना किसानले यहाँ केही सिकाएर त्यहाँ ओजेटी गर्न १० महिनाका लागि नेपालबाट पठाउने गर्छ साना किसानले छनौट गरेर गत साल हामीले लगभग सयको हाराहारीमा जनप्रियले प्रशिक्षित गराएर एक महिनाको प्रशिक्षण दिएर पठाएका छौं ।

प्राविधिक विषय पढ्नका लागि कहाँकहाँबाट विद्यँर्थीहरू आउने गर्दछन् ?

चौलागाइँः हामी कहाँ मुगुदेखि हुम्ला, जुम्ला, कालिकोट र दोलखा, काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, ताप्लेजुङसम्मका विद्यार्थीहरु आएका छन् । गत वर्ष ३६ जिल्लाका विद्यँर्थी हामीकहाँ अध्ययन गर्न आएका थिए । अहिले उनीहरू अध्ययन गरिरहेका छन् ।

यहाँहरुले विद्यार्थीहरूको छनौट कसरी गरिरहनु भएको छ ?

चौलागाइँः छनौटका प्रक्रियाका लागि हामीकहाँ विज्ञ टोली छ । हामी आफैंले पनि त्यहीँ बसेर त्यसलाई कसले लेखेको कुन हो भन्ने कुरो थाहा नहुनेगरी कोडिङ गरी कपी परीक्षण गर्छौं । र निष्पक्ष ढङ्गले जो दक्ष छन् उनीहरू नै छानिन्छन् । यसमा कुनै पनि त्रुटि हुँदैन निष्पक्ष ढङ्गले छनोट गर्ने गर्छौ ।

कृषि र भेटेरिनरी दुवै विषयमध्ये विद्यार्थीको आकर्षण कुन विषयमा बढी रहन्छ ?

चौलागाइँः केटा मान्छेहरू बढी भेटेरिनरी विषय पढ्छन् र केटीहरू कृषितिर बढी आकर्षित भएको देखिन्छ । केटीहरूलाई अलि सजिलो पनि हुने । केटीहरूले भेटेरिनरीको काम गर्दा अलि असहज हुने र धेरै कुराहरु सिक्न सक्ने हुन्छ । कृषिमा सिक्न सहज हुने कारण कृषिमा केटीहरू अलि बढी देखिन्छ । पढ्ने र भर्ना हुने क्रममा पनि केटीहरू बढी देखिन्छन् ।

कृषिमा बढी आकर्षण देखिन्छ किन होला ?

चौलागाइँः कृषिमा आकर्षण बढ्नुको करण भनेको कृषि पढेर जानेहरू अहिले स्वरोजगार भएका छन् । जसले केही गरेर खानु पर्यो भनेर सोचका हिसाबले पढेका छन्, उनीहरू आफैँ रोगजार सिर्जना गर्न सक्छन् । गाई, भैँसी पालेर आफैं देशमा स्वरोजगार बन्छु भन्ने हुन्छ । धेरै जनाले लोकसेवामा नाम निकाली सरकारी जागिर पनि खाइसक्नुभएको छ । अन्य विषय पढेर डिग्री गरिसक्दा पनि जागिर खान अलि गाह्रो हुने भएको र कृषिमा विभिन्न गैरसरकारी संघ, संस्थाहरुमा पनि काम पाइने भएकोले कृषिमा बढी आकर्षण बढेको पाइन्छ ।

विद्यालयमा भइरहेको कामको मूल्याङकन कसरी गर्नु हुन्छ ?

चौलागाइँः एउटा विद्यालय राम्रो हुन नियमित एउटा मात्र पक्षमात्र राम्रो भएर हुँदैन । यहाँ व्यवस्थापन समिति, विद्यँलय प्रशासन, अभिभावक, विद्यार्थी र समुदाय सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । सबै कुरा मिल्यो भनेमात्र विद्यँलय अगाडि बढ्न सक्छ । त्यहाँ प्रशासनको तर्फबाट हाम्रो प्राचार्यको तर्फबाट अहिलेसम्मको परिस्थितिमा विद्यँलयलाई अगाडि बढाउन नियमित केके गर्नु पर्छ सबैथोक गर्ने र उहाँ पनि व्यवस्थापन समिति यहाँसँगसँगै लाग्नु भएको छ । प्रशासन, व्यवस्थापन समिति पनि सँगसँगै लाग्नु भएको छ । हामीसँगै छौं र सल्लाह र एउटा निणर्यबाट नै सबैथोक अगाडि बढेको छ । विद्यालयका प्राचार्य डटेर लाग्नु भएको छ । विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्राचार्यको भूमिका महत्वपूर्ण हुन्छ ।

प्राविधिक शिक्षालयलाई अगामी दिन अझ राम्रो, सक्षम र गुणस्तरीय बनाउनका लागि के कस्ता योजनाहरु छन् ?

चौलागाइँः हामीले नमूना कोठा बनाइसक्यौँ । अब मात्र गुणस्तर अभिवृद्धि गर्ने कुरा छ । गुणस्तरमा हामी कहीँ कतै छुट्न हुन भन्नेमा लागी परेका छौँ । हामीले अङ्ग्रेजी र नेपाली दुवै मँध्यम सञ्चानल गरिरहेका छौं । पैसा कमी हुँदा हामीले वडामा र नगरमा जान्छौं । आगामी दिनमा चाहिँ अहिले निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गरिरहँदा परिस्थितिमा हामीलाई अलिअलि समस्या भनेको हामीसँग साधन भएन भने विद्यँलयमा विद्यँर्थीहरू पुर्याउन जाने र त्यसको बसको व्यवस्थापन गर्न लागेका छौं । यसको योजना बनाएका छौं ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362841 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top