21 Nov 2019   |   
logo
अन्तर्वार्ता

सचेतना फैलाउने काम गरिरहेका छौंः अध्यक्ष अधिकारी



अन्तर्वार्ता   54 पटक पढिएको   सुरेश श्रेष्ठ     
जुन ५ अर्थात आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका टोलविकास संस्था नगर समन्वय समितिले साताव्यापी कार्यक्रम पनि आयोजना गरेको छ । एक हप्ता अगाडिबाट उपमहानगरपालिकाभित्र विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा सुरेश श्रेष्ठले टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीसँग गर्नुभएको कुराकानी

सचेतना फैलाउने काम गरिरहेका छौंः अध्यक्ष अधिकारी


वातावरण दिवसको अवसरका टोल बिकास संस्था नगर समन्वय समितिले के कस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ ?

अधिकारीः यो वर्ष वातावरण दिवसको अवसरमा हामीले साताव्यापी कार्यक्रम गरिरहेका छौँ । सप्ताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन सार्वजनिक यातयातबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवालाहरूसँग छलफल कार्यक्रम भयो । र हामीले १७ गते रक्तदान कार्यक्रम गर्यौँ । १८ गते नगरभरि सबैतिर सरसफाइ कार्यक्रम गर्रौँ । त्यसपछि १९ गते सार्बजनिक यातयातहरूमा सचेतनामूलक स्टिकर टाँस्ने र डस्बिन वितरण कार्यक्रम गर्यौँ । त्यस्तै २० गते हामीले सचेतनामूलक साइकल र्याली आयोजना भयो ।

यहाँहरुले हेटौँडामा वातावरण र सरसफाइमा प्रमुख चुनौतीको विषय के देख्नुभयो ?

अधिकारीः हामी टोलबिकास संस्था र समन्वय समितिले वातावरण र सरसफाइ सम्बन्धी विभिन्न सचेतनामूलक  कार्यक्रम गर्दै आइरहेको छ । हामीले जति पनि कार्यक्रमहरू सञ्चालन गरेको छौँ ती सबै परिणाममुखी भएका छन्  । फोहोर गर्नु हँुदैन, फोहोरको व्यवस्थापन गर्नुपर्छ भनेर धेरैमा चेतना फैलिसकेको छ । टोल विकास नगर समन्वय संस्थाले  मानिसहरूमा सचेतना ल्याउने कामहरू गरिरहेको छ । अहिले घरमै व्यवस्थापन हुन सक्ने फोहोर पनि फाल्ने नै हो भन्ने सोचले अप्ठ्यारो पारेको छ । अर्को कुरा चेतनाको कमीले पनि असर गरिरहेको छ । व्यवस्थापन गर्न सकिने फोहर फाल्न पर्ने र नपर्ने सबै किसिमको फोहोरलाई एउटै बाल्टीनमा हालेर फाल्ने हुनाले व्यवस्थापनमा केही गारो भैरहेको छ । अहिले हेटौंडा उपमहानगरपालिकाले बारको आधारमा जैविक र अजैविक फोहर छुट्याएर व्यवस्थापन गरिरहेको छ यसले एकदमै राम्रो प्रभाव परेको छ । यसमा पनि टोलका मानिसहरूलाई यो हाम्रै लागि हो भन्ने बुझाइ भएको छैन । यसमा हामीले अनुगमन गरिरहँदा भनिरहँदा भने बारको आधारमा फोहर फाल्ने नत्र बेवास्ता गर्ने, लापरबाही गर्ने खालका समस्या छ ।

सरसफाइमा सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा कस्ता फरक पाउनुभएको छ ?

अधिकारीः नगरभित्र पहिले भएको टोलबिकास संस्था र पछि गठन गरेको टोल बिकास संस्थामा नितान्त फरक छ । यसमा पहिलेदेखि भएको संस्थाहरूमा चेतनाको अवस्था र आर्थिक अवस्था दुबैमा धेरै माथि पुगिसकेको छ भने भर्खर गठन भएकोमा आर्थिक कुरा, चेतनाको कुरा सबैको भर्खर थालनी गर्नुपर्ने हुन्छ । त्यसले गर्दा कतिपय ग्रामीण क्षेत्रहरूमा भरखर सुरुवात भएको छ त्यसैले सबै किसिमले सहरी भागभन्दा ग्रामीण भाग पछाडि नै छन् ।

संघीय प्रणालीमा जन प्रतिनिधिहरूले टोल बिकास संस्थालाई हेर्ने दृष्टिकोण कस्तो छ ?

अधिकारीः हिजो जनप्रतिनिधिहरू नहुँदा बिकास निर्माणको कार्यमा, योजना छनोट कार्यमा  हाम्रो प्रत्यक्ष रुपमा संलग्नता थियो भने अहिले हामी सहयोगीको रुपमा रहेका छौँ । कतिपय अवस्थामा कुनैकुनै जनप्रतिनिधिहरूले टोल बिकास संस्थाले यसरी नै काम गरेमा हामी छायाँमा पर्छौँ कि भनेर पनि नसोचेको होइन् । तर पछिल्लो समय सबै वडाहरूले टोलबिकास संस्थासँगको सहकार्य राम्रो हो भनेर बुझेर काम गरेको अवस्था छ । सबै वडा अध्यक्षहरू र सम्पूर्ण जनप्रतिनिधिहरूले टोल बिकास संस्थालाई सकारात्मक रुपमा बुझेर साथ र सहयोगसँगै अगाडि बढेको अवस्था छ ।

४७ औँ बाताबरण दिवस मनाइरहँदा टोलबिकास संस्थाले सबैलाई गर्नुपर्ने अपिल के छ ?

अधिकारीः निश्चय पनि हामी जुन ५ अर्थात यही २२ गते विश्व वातावरण दिवस मनाउदै छौँ । स्वस्थ वायु स्वस्थ जीवन भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो । हामीले जसरी अरु चाडपर्वलाई महत्वको साथ लिएका छौँ । त्यसरी नै यसलाई पनि महत्वको साथ लिएको छौँ । जो सचेत छ उसलाई यो एउटा उत्सव हो भने जसलाई वातावरणको महत्वको बारेमा थाहा छैन तिनीहरूलाई सिक्ने बिषय हो । त्यसैले म सम्पूर्णलाई वातावरण दिवसको दिन हुप्राचौरबाट सुरु हुने र्यालीमा सहभागी हुन अनुरोध गर्दछु ।









सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550521 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top