20 Sep 2019   |   
logo
शिक्षा

नृत्य प्रतियोगितामा बुद्ध मावि प्रथम



शिक्षा   121 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  
हेटौंडाः शिक्षा दिवसको अवसरमा मयुरधाप स्रोतकेन्द्रमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा हेटौंडा–१२ स्थित बुद्ध मावि प्रथम भएको छ । यसैगरी हेटौंडा–१४ स्थित जनज्योति मावि दोस्रो र हेटौंडा १३ स्थित महेन्द्र मावि तेस्रो भएका छन् । नृत्य प्रतियोगितामा बुद्ध माविका सजिना पाख्रिन, कविता ढुङ्गाना, मनिषा गोले, निमा बल, सरिता ढुङ्गाना, अन्तिमा लामा सहभागी थिए भने जनज्योति माविका निमा रुम्बा, विवेक थोकर, सविना लोप्चन, शिला घिसिङ, जानकी लामा र सुस्मी थिङले भाग लिएका थिए ।



यसैगरी तृतीय हुने महेन्द्र माविबाट देवी लामा, निकिता सिन्तान, अस्मी वाइबा, अनिशा घलान, अबिृका वाइबा र रुस्मा स्याङ्तानले भाग लिएका थिए । हेटौंडा उपमहानगरपालिका, शिक्षा विकास महाशाखाको आयोजना तथा जनज्योति माविको संयोजनमा भएको प्रतियोगितामा कलिउड कलाकेन्द्रका विजय स्याङ्तान र विशाल लामा निर्णायकको भूमिकामा रहनुभएको थियो । प्रतियोगितामा लोकनृत्य प्रस्तुत गरिएको जनज्योति माविका शिक्षक रामहरि चौलागाइँले बताउनुभयो । जनज्योति मावि सांस्कृतिक विभागकी लक्ष्मीदेवी शर्माको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रधानाध्यापक भोगेन्द्र लुइँटेल, सहायक प्रधानाध्यापक हरि पौडेल, विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु


ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969486 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top