21 Nov 2019   |   
logo
समाज

दुर्घटनामा दुईजनाको मृत्युे



समाज   9 पटक पढिएको   कलमपाटी   २०७६ कार्तिक १९ मंगलवार  
हेटौंडाः छुट्टाछुट्टै दुर्घटनामा परी सोमबार हेटौंडामा २ जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे हेटौंडा १५ रातोमाटेको लच्कामा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय औत्तार स्याङ्तानको ज्यान गएको हो । हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



यस्तै सोमबार बिहान हेटौंडा–११ थानाभर्याङमा करेन्ट लागेर रामबहादुर पौडेलको ज्यान गएको छ । हेटौंडा–११ थानाभर्याङस्थित सीता होटलमा काम गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550570 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top