18 Jan 2020   |   
logo
समाज

१२ हजार विद्यार्थी ड्रपआउट



समाज   33 पटक पढिएको   सुसन लामिछाने/कुमारी स्याङ्वा   २०७६ मंसिर १९ बिहिवार  
हेटौंडाः मकवानपुर जिल्लामा १२ हजार २ सय २० विद्यार्थीहरु ड्रपआउट भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको तथ्यांकअनुसार शैक्षिक वर्ष २०७५ मा १२ हजार २ सय २० विद्यार्थी ड्रपआउट अर्थात बीचमै पढाई छाडेका छन् । कक्षा १ देखि १० सम्म जिल्लामा १२ हजार २ सय २० जना विद्यार्थीले शैक्षिकसत्रको बीचमै विद्यालय छाडेका हुन् ।



 जिल्लाका ५ सय ४ वटा सामुदायिक विद्यालय र थोरै निजी विद्यालयका विद्यार्थीहरु गरी कुल १२ हजार भन्दा बढी विद्यार्थीले आफ्नो पढाइ छाडेका शिक्षा विकास तथा समन्वय एकाइका अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार मकवानपुर जिल्लामा धेरैजसो सामुदायिक विद्यँलयका विद्यार्थीले आफ्नो पढाई बीचमै छाड्ने गरेका छन् भने निजी विद्यालयका न्यून संख्यामा पढाइ छाड्ने गरेका छन् । मकवानपुर जिल्लामा कक्षा १ मा १ हजार ९ सय ३६ जना, कक्षा २ मा १ हजार ४ सय ४० जना, कक्षा ३ मा १ हजार २ सय ५७ जना, कक्षा ४ मा १ हजार ३ सय २० जना, कक्षा ५ मा १ हजार १ सय ३३ जना, कक्षा ६ मा १ हजार ३ सय ११ जना, कक्षा ७ मा १ हजार २ सय ६३ जना, कक्षा ८ मा १ हजार २ सय ४० जना , कक्षा ९ मा १ हजार १ सय ५५ जना र कक्षा १० मा १ सय ६५ जनाले गतवर्षमा आफ्नो पढाई शैक्षिकसत्रको बीचमै छाडेका शिक्षा विकासका कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

मकवानपुरमा ड्रपआउट हुने विद्यार्थीमध्ये छात्रा ५ हजार ६ सय ३६ छन् भने छात्र ६ हजार ५ सय २४ जना रहेका छन् । जसमध्ये हेटौंडा उपमहानगरपालिकामा २०७५ सालमा कक्षा १ देखि १० कक्षा सम्म २ हजार ८ सय ६७ जना विद्यार्थी ड्रपआउट भएका छन् । ड्रपआउट हुनेमा १ हजार २ सय ६५ जना छात्रा र १ हजार ६ सय २ जना छात्र रहेका छन् । यस्तै थाहा नगरपालिकामा ५ सय ५१ जना छात्रा र ६ सय ३४ जना छात्र, बाग्मति गाउँपालिकामा ७ सय ४२ जना छात्रा र ७ सय ९६ जना छात्र, बकैया गाउ“पालिकामा ९ सय २१ छात्रा र १ हजार ६५ जना छात्र, भिमफेदी गाउँपालिकामा २ सय ११ जना छात्रा र २ सय ४३ जना छात्र, इन्द्रसरोवर गाउँपालिकामा छात्रा १ सय ७२ जना र १ सय ५७ जना छात्र, कैलाश गाउँपालिकामा छात्रा ५ सय ३ जना र ५ सय ३१ जना छात्र, मकवानपुरगढी गाउँपालिकामा छात्रा २ सय ९२ जना र छात्र ३ सय ६२ जना, मनहरी गाउँपालिकामा छात्रा ५ सय ८१ जना र छात्र ६ सय ८७ जना, राक्सिराङ् गाउँपालिकामा छात्रा ४ सय २१ जना र छात्र ५ सय १० जना विद्यँर्थीहरु ड्रपआउट भएको शिक्षा विकास विकाश तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लाको दश स्थानीय तहबाट सबैभन्दा कम कक्षा १० मा गतवर्ष ९८ जना छात्रा  ६७ जना छात्र गरी १ सय ६५ जना ड्रपआउट भएका छन् । सबैभन्दा बढी कक्षा १० मा बागमती गाउँपालिमा ८५ जना र हेटौंडा उपमहानगरमा ५० जना, मकवानपुर गढीमा ६, मनहरीमा ७, राक्सिराङमा ३ जना र थाहा नगरमा ११ जना ड्रपआउट भएका थिए । यस्तै कक्षा १० मा भने कैलाश, बकैया, इन्द्रसरोवरमा भने ड्रप आउट हुने शून्य रहेको थियो । त्यस्तै सबैभन्दा बढी जिल्लामा कक्षा १ मा ड्रपआउट भएको छ । कक्षा १ मा १ हजार ९ सय ३६ विद्यार्थी २०७५ सालमा ड्रपआउट भएका छन् । जसमा हेटौंडा उपमहानगरका ३ सय ६६, थाहा नगरका १ सय ४४, बागमती गाउ“पालिकामा ३ सय ३१, बकैयामा ३ सय ६७, भीमफेदीमा ८३, इन्द्रसरोवरमा २६, कैलाशमा १ सय ५७, मकवानपुरगढीमा एक सय, मनहरीमा १ सय ७८, राक्सिराङमा १ सय ८४ जना ड्रपआउट भएको देखिएको छ । कुल ड्रपआउट भएका संख्या मध्ये कक्षा १० मा १।३५ प्रतिशत र १५।८४ प्रतिशत कक्षा १ मा ड्रपआउट भएका छन् । करिब १ लाख विद्यार्थीहरु मकवानपुर जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छन् । ५ सय ४ सामुदायिक विद्यालय र ६९ निजी विद्यालयहरुमा उनीहरुले अध्ययन गर्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लिलानाथ गौतमका अनुसार सामुदायिक विद्यालयहरुबाट धेरै ड्रपआउट भएका छन् । निजी विद्यालयहरुबाट पनि भएका छन् तर थोरै मात्रामा निजी विद्यालयबाट समयमै रिपोर्टिङ नहुनाले पनि जिल्लामा तथ्यांक पूर्ण रुपमा आउन नसकेको गौतमको भनाइ छ । ड्रपआउट हुने विद्यार्थीको संख्या वार्षिक १२ हजार हुनु दयनीय भएको भन्दै गरिब, विपन्न, आर्थिक स्थित कमजोर, भौगोलिक विकट भएको क्षेत्रहरु र शिक्षित समाज नभएका स्थानहरुमा धेरै ड्रप आउट भएका छन् । यस्तै शिक्षा समन्वयका अधिकारी पौडेलका अनुसार मकवानपुर जिल्लामा दिवा खाजा कार्यक्रम मन्त्रालयको वार्षिक कार्यक्रममा नपरेतापनि स्थानीय तह, विद्यालयको स्रोत र गैरसरकारी संस्थाहरुको सहयोगमा धेरै विद्यालयहरुमा संचालित रहेको जानकारी दिनुभयो ।

१० विद्यालयमा दिवा खाजा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको सहयोगमा नगरका १० विद्यँलयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ । नगरका विकट तथा भौगोलिक कठिनाई भएका विद्यालयहरुमा दिवा खाजा कार्यक्रम संचालन गरेको छ । दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँको दरले १० विद्यालयका २ कक्षासम्मका बालबालिकाहरुको लागि दिवा खाजा ६७ दिनसम्मलाई संचालन गरिएको नगर शिक्षा प्रमुख पूर्ण बहादुर अछामीले बताउनुभयो ।

दिवा खाजाले विद्यार्थीको पोषण र स्वास्थ्यमा पनि फाइदा हुने र आर्थिक स्थिति कमजोर भएका विद्यार्थी विद्यालय पढ्न आउनेको संख्यामा वृद्धि हुने उहाँले बताउनुभयो । दिवा खाजा, छात्रवृत्ति, विभिन्न गैससहरुले वितरण गर्ने शैक्षिक सामग्री लगायतले ड्रपआउट हुने विद्यार्थीको संख्यामा कमि ल्याउन सकिने उहाँले बताउनुभयो । यस्तै नगरकै विकट क्षेत्रमा पढाउने शिक्षकहरुका लागि पनि केहि रकम भत्ता स्वरुप गत वर्ष उपलब्ध पनि गराएको जानकारी दिनुभयो । नगरमा गत वर्ष २०७५ मा कक्षा १ देखि १० सम्म २ हजार ८ सय ६८ विद्यार्थीहरु ड्रपआउट भएका थिए । उहाँका अनुसार बसाइसराईका कारण पनि यस्तो संख्या वृद्धि हुने गरेको छ । यता नगरमा अन्य विद्यालयहरुमा भने गैसस संस्था तथा विद्यालयको आफ्नौ स्रोतबाट पनि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । दिवा खाजाले विद्यार्थीहरुलाई विद्यालय आउन समेत प्रेरित गरके नगर शिक्षा प्रमुख अछामीको भनाइ छ ।

निशुल्क शिक्षा आएन कार्यान्वयनमा

हेटौंडाः सरकारले विद्यालय तहको शिक्षा निशुल्क प्राप्त गर्न सकिने कानुनी व्यवस्था गरेको छ । तर मकवानपुरका केहि विद्यालयहरुले मात्र निशुल्क रुपमा माध्यमिक तहसम्म शिक्षा प्रदान गरेका छन् । जसमा मनहरी ज्यामिरको महेन्द्रकिरण मावि पनि एक रहेको छ । सरकारले मावि तहसम्म निशुल्क शिक्षा भनी कानुन बनाएतापनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार सरकारले दरबन्दी अनुसार शिक्षक सामुदायिक विद्यालयहरुमा पठाउन सकेको छैन, विद्यालयहरुले पनि शुल्क भनेर नलिएतापनि सहयोग स्वरुप, अंग्रेजी माध्यम भएका कारण रकम, शिक्षक थप्नुपर्ने भएका कारण रकम लिइरहेको दावी गरेको छ । व्यवहारिक रुपमा यस्तो भएपनि सैद्धान्तिक रुपमा कानुनले दिएको निशुल्क शिक्षा प्राप्त गर्न सकेका छैनन् । निशुल्क शिक्षा नभएका कारण पनि न्यून विद्यार्थी ड्रपआउटका शिकार बनेका छन् त्यसतर्फ मकवानपुरका सबै स्थानीय तहहरुको ध्यान जान जरुरी छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23850945 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top