18 Jan 2020   |   
logo
समाज

दुर्घटनामा एकको मृत्यु



समाज   47 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १८ बुधवार  



हेटौंडाः मकवानपुरको बाग्मती गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् । धरान–चतरा–हेटौंडा सडकखण्ड अन्तर्गत बागमति–५ लिलावनमा भोर्लेनीबाट झुरझुरे जाँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परी बाग्मती–४ की ४२ वर्षीया काउलिमाया रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बाग्मती–५, लालभित्ताकी १८ वर्षीया श्रीमाया घिसिङ र १२ वर्षीया मसलिमाया घिसिङ घाइते भएका छन् । अटोचालक भने फरार रहेको प्रहरीले जनाएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23851481 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top