19 Jan 2020   |   
logo
समाज

चरेससहित दुईजना र चोरीको सुनसहित एकजना पक्राउ



समाज   74 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १७ मंगलवार  
हेटौंडाः २५ किलो लागूऔषध चरेससहित आइतबार २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी सिसुवाका २५ वर्षीय राजेश यादव र भारत कै मोग्लेसपुरका १८ वर्षीय ऋषि कुमार यादवलाई प्रहरीले चरेससहित पक्राउ गरेको हो । मकवानपुरको पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प ८७८३ मोटरसाईकलसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

चरेससहित दुईजना र चोरीको सुनसहित एकजना पक्राउ


प्रहरी चौकी भैंसेबाट प्रमुख नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले मोटरसाईकलको सिट, ट्याङकी मुनी फल्स बटम बनाई लुकाएर ल्याएको चरेस बरामद गरेको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दण्ड सजाय २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन पनि जफत हुने पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुर प्रहरीले आइतबार ४ तोला ११ लाल सुन चोरी भाग्न लागेका भिमफेदी गाउँपालिका वडा नम्बर ८ का १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको छ । ओलीले हेटौंडाको भुटनदेवीरोडमा रहेको केदारनाथ सुनचाँदी पसलबाट सुन चोरेर मोटरसाईकलमा भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । ओलीको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23854202 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top