18 Jan 2020   |   
logo
सम्पादकीय

शिक्षालाई उत्पादनसँग जोड्ने कुरा



सम्पादकीय   768 पटक पढिएको   सम्पादकीय   २०७६ मंसिर १७ मंगलवार  
जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित आधुनिक राष्ट्रिय माविको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै आइतबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । भूकम्पले क्षति पु¥याएका विद्यालयका भौतिक संरचनाहरु विभिन्न दातृ निकायको सहयोगमा सुविधासम्पन्न बनेका छन् । केही वर्ष भूकम्प प्रभावित जिल्लाका विद्यार्थीले कष्टकर रुपमा पठनपाठन गर्नुपरे पनि अहिले सुविधासम्पन्न भौतिक संरचना तयार हुनु सकारात्मक विषय हो । भौतिक संरचनाको निर्माण कार्य पूरा भएपछि शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, शिक्षण, सिकाईका विषयमा ध्यान दिनुपर्ने स्वभाविक विषय हो ।

शिक्षालाई उत्पादनसँग जोड्ने कुरा


मुख्यमन्त्री पौडेलले सैद्धान्तिक सिकाईलाई प्रविधिमैत्री, प्रविधिमा आधारित बनाउँदै शिक्षाले उत्पादनमा योगदान पु¥याउने किसिमको हुनुपर्ने धारणा राख्नुभयो । उहाँको भनाइ सुन्दर छन् । तर, मुख्यमन्त्रीले भाषणमा मात्रै राम्रा कुरा गरेर हुन्न । बरु मुख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशका शैक्षिक संस्थालाई प्रविधिमैत्री र परिवर्तित अवस्थाअनुसार कसरी प्रविधिमैत्री, प्रविधि सिकाउने खालको बनाउने भनेर काम गर्नु जरुरी छ । मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षालाई सर्वसुलभ र समयानुकुल बनाउन प्रदेश सरकारका निकायलाई जिम्मेवार बनाउनेतर्फ ध्यान दिनु उपयुक्त हुनेछ ।

मुख्यमन्त्री पौडेलले शिक्षा नीतिमा परिवर्तन जरुरी रहेको पनि औँल्याउनुभएको छ । शिक्षासम्बन्धी कानुनलाई समयानुकुल बनाउन पनि प्रदेश सरकारले काम गर्न सक्छ । कानुन बनाउने, नीति, नियम बनाउने काममा प्रदेश सरकार आफैं सक्षम छ भने प्रदेश भित्रका स्थानीय तहलाई पनि जिम्मेवार बनाउन सक्नेछ । ३ नम्बर प्रदेशका १ सय १९ वटै स्थानीय तहमा प्रभावकारी शिक्षाको सुनिश्चितता गर्दै समग्र विकासमा उल्लेखनीय योगदान पु¥याउने गरी प्रदेश सरकारले योजना बनाउन सक्नुपर्छ । स्थानीय तहलाई उचित ढंगले मार्गनिर्देश गर्ने र परिचालन गर्ने हो भने प्रदेश सरकारले समन्वय मात्रै गरेको भरमा पनि महत्वपूर्ण उपलब्धी हासिल गर्न सक्छ ।

दुखको कुरा प्रदेश सरकारले शिक्षालाई केही प्राथमिकतामा राखे पनि स्थानीय तहहरुमा भने तालमेल मिल्न सकेको छैन । कुनै स्थानीय तहले केही प्राथमिकता दिएको जस्तो देखिए पनि केही स्थानीय तहले शिक्षा क्षेत्रलाई ध्यान दिनै सकेको छैन । प्रदेश सरकार र बलियो स्थानीय सरकार स्थापित भएपछि पनि शिक्षामा उल्लेखनीय सुधार हुन सकेको छैन । जबकि प्रदेश र स्थानीय सरकारले गर्नै पर्ने प्रमुख कार्यको सूचिमा पहिलो नम्बरमा शिक्षा आउनुपर्ने हो । यस्तो पृष्ठभूमिमा सरकारले विभिन्न तहमा शिक्षाका उपयुक्त योजना बनाएर आगामी १० वर्षभित्र प्रदेशको शैक्षिक अवस्था कस्तो बनाउने भन्ने गुरुयोजना नै बनाएर अगाडि बढ्नुपर्छ । तर, मुख्यमन्त्रीले कुनै मञ्च पाउँदा लोकप्रिय जस्तो लाग्ने तर्क मात्रै गरेर हिँड्ने हो भने न समाजले शिक्षामा सुधार पाउनेछन् न त शिक्षाको सुधारबाट समाजले पाउनुपर्ने उपलब्धी पाउनेछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23851223 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top