08 Dec 2019   |   
logo
समाज

सहकारीद्वारा सम्पादक श्रेष्ठ सम्मानित



समाज   82 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २८ बिहिवार  
हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको २० औं वार्षिक साधारणसभाको अवसरमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट सहकारी अभियानमा विशेष योगदान पुर्याएको भन्दै सहकारीले सम्पादक श्रेष्ठलाई सम्मान गरेको हो ।

सहकारीद्वारा सम्पादक श्रेष्ठ सम्मानित


गत शनिबार सहकारीको साधारणसभाको अवसरमा सम्मान गर्ने कार्यक्रम भए पनि सम्पादक श्रेष्ठ एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागिताका लागि काठमाडौंमा रहनुभएकोले बुधबार सहकारीको कार्यालयमा सम्पादक श्रेष्ठलाई सम्मान गरेको छ । सम्पादक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित ५ हजार नगद प्रदान गरिएको छ । सहकारीले पहिलो पटक पत्रकारलाई सम्मान गरेको हो । बुधबार सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सहकारीका व्यवस्थापक रामशरण गौतमसहित सहकारीका पदाधिकारीले श्रेष्ठलाई सम्मान गरेका छन् । गत शनिबार प्रतिनिधि सभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा भएको थियो ।

बचत तथा ऋण सहकारीतर्फ जिल्लामै सबैभन्दा बढी सेयर सदस्य भएको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर सदस्य ४ हजार ५ सय ७६ पुगेको छ । ३ करोड ५४ लाख ६१ हजार रुपैयाँ सेयर पुँजी भएको सहकारीले २९ करोड रुपैयाँ बचत संकलन गरेको छ भने २७ करोड ७९ लाख रुपैया“ ऋण लगानी गरेको छ । सहकारीले उद्यमशीलता विकास तथा स्वरोजगारमूलक कार्य गर्ने सेयर सदस्यलाई ऋण प्रवाहमा प्राथमिकता दिएको र थप प्रोत्साहन प्रदान गर्दै आएको सहकारीका अध्यक्ष बस्नेतले बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18977674 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top