08 Dec 2019   |   
logo
स्वास्थ्य

अभाव टार्न रक्तदान कार्यक्रम हुँदै



स्वास्थ्य   172 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २८ बिहिवार  
हेटौंडाः रगत अभाव भएको समाचार सार्वजनिक भएपछि रक्तदान कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरु अग्रसर भएका छन् । कात्तिक तेस्रो साता रगतको अभाव भएको भन्ने समाचार सार्वजनिक भएपछि रक्तदाता रक्तसञ्चार केन्द्रमै आउन थालेको र संघ, संस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

अभाव टार्न रक्तदान कार्यक्रम हुँदै


रक्तदाताकै उपस्थिति र केही कार्यक्रमबाट रगतको अभावको स्थिति टरेको जानकारी गराउनुहुँदै रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहालले अहिले पनि ‘ओ’ पोजेटिभ रगतको अभाव कायमै रहेको बताउनुभयो । मंगलबार नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटार व्यारेकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । यस्तै पर्सी शुक्रबारका लागि युवाको फेसबुक सञ्जालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । यस्तै रोट्र्याक्ट क्लब अफ हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आगामी शनिबार क्लबले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रोट्र्याक्ट क्लब अफ हेटौंडाका सदस्य उदीप आचार्यले रगत अभाव भएको भन्ने समाचार सार्वजनिक भएपछि क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18980384 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top