21 Nov 2019   |   
logo
राजनीति

सबै पार्टीको लक्ष्य राष्ट्र निर्माण



राजनीति   53 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज २६ आइतवार  
नेपाली कांग्रेस मकवानपुरले दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वको अवसर पारेर आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता दिएको हो । यसै अवसरमा पार्टी कार्यालय हेटौंडा २ मा आयोजित चियापान कार्यक्रमका बोल्दै पार्टीका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले अहिले सबै पार्टीको लक्ष्य राष्ट्र निर्माण भएको बताउनुभएको छ ।

सबै पार्टीको लक्ष्य राष्ट्र निर्माण


नेपाली कांग्रेस पार्टी राष्ट्रिय एकताकै बाटोबाट अघि बढ्न तयार रहेको बताउदै उहाँले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको स्मरण गराउनुभयो । उहाँले वीपी कोइरालाले सुरु गरेको राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । नेता बानियाँले शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि व्यक्त गर्नुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै सभापति बानियाँले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको समृद्धिमा कोसेढुङ्गा साबित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा, प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओम ग्लान, संविधानसभा सभाषद अनन्त पौडेल राप्रपा जिल्ला अध्यक्ष मधु अधिकारी, नेपाली कांग्रेसका निवर्तमान सभापति रघुरमण न्यौपाने, लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसले वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । 









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17551766 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top