14 Oct 2019   |   
logo
समाज

वृद्धाश्रमलाई उपमहानगरले सहयोग गर्ने



समाज   96 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  
हेटौंडाः हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रम सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । वृद्धाश्रमको बिहिबार भएको १३ औं साधारण सभामा बोल्दै उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

वृद्धाश्रमलाई उपमहानगरले सहयोग गर्ने


कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले आश्रमका कतिपय वृद्धवृद्धाको नागरिकता र जन्मदर्ता नभएकोले वृद्धाभत्ता, स्वास्थ्य बिमा लगायतको सेवाबाट बञ्चित हुन परेकोले यस समस्यालाई समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सभामा आश्रमका सचिव दीपक सुवेदी र कोषाध्यक्ष नारायणप्रसाद कँडेलले कार्यसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वृद्धाश्रममा हाल महिला ११ जना र पुरुष २३ जना गरी ३४ जनाले आश्रय लिइरहनुभएको छ । हलसम्म ३७ जनालाई संस्थाले पुनः स्थापना गरिसकेको छ । कार्यक्रमका अवसरमा आश्रमले रेडियो निकास लगायत सहयोगी दाताहरूलाई सम्मान गरेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14805279 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top