14 Oct 2019   |   
logo
समाज

विद्यालयमा दसैंको चण्डिपाठ



समाज   100 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  



हेटौंडाः वडा दसैंको अवसरमा बिहिबार हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले चण्डीपाठ एवम् टिका कार्यक्रम गरेको छ । बिहिबार बिहान विद्यालयकै १३ विद्यार्थीले बालपण्डितको रुपमा चण्डिपाठ गरेका थिए । मूलपण्डितको रुपमा विद्यालयका शिक्षक सीएम रिमालले चण्डीपाठ गरेका थिए । पँजापाठपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशी र प्रिन्सीपल शकुन्तला जोशीले शिक्षकहरुलाई टीका लगाइदिनुभएको थियो भने शिक्षकहरुले आआफ्नो कक्षा बालबालिकालाई टिका, जमरासहित दक्षिणा प्रदान गर्नुभएको थियो । विद्यालयमा अहिले साँस्कृतिक कार्यक्रम भइरहेको छ । विद्यालयले २०७४ सालदेखि वडा दसैंको अवसरमा धार्मिक मान्यताअनुसारको पूजापाठ गर्दै आएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803812 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top