14 Oct 2019   |   
logo
सम्पादकीय

एक विद्यार्थी एक विरुवा



सम्पादकीय   18 पटक पढिएको   सम्पादकीय   २०७६ असोज ६ सोमवार  
नेपालमा वनजंगलको क्षेत्रफल प्रतिवर्ष घट्दै गएको छ । हरियो वन नेपालको धन नारा अव उखानमा मात्र सिमित भएको छ । अनेक स्वर्थले वनजंगल मासिदै गएका छन् । कतिपय भौतिक संरचना निर्माणका कारण जंगल मासिएको छ भने अर्कोतर्फ चोरी निकासी वा तस्करीका कारण पनि वन नोक्सान भएको छ ।

एक विद्यार्थी एक विरुवा


 यस्तै उद्योग कलखारखना देखि खानी जस्ता संरचनाका कारण नेपाली जंगल क्षेत्र साँघुरीदै छ । विश्व नै जलवायुपरिर्वतनको शिकार भई रहेको अवस्थामा नेपाली जंगललाई संरक्षण नगर्ने हो भने केही वर्ष पछि नै नेपाल मरुभूमिमा परिणत हुने खतरा वढ्दै गएको  छ । बढदो जनसंख्या, सहरीकरण, अब्यवस्थित विकास निर्माण तथा वसाईसराई, जथाभावी रुपमा हुने उत्खन्न, उद्योग तथा खानीको स्थापनाले हुने भू–क्षयका कारण वन विनास नेपालको चुनौती वन्दै गएको छ । यसलाई रोकथामका लागि वृक्षारोपण र 

संरक्षण आजको आवश्यकता हो । यसलाई राष्ट्रिय अभियानको रुपमा विकाश गर्न सके जलवायूपरिवर्तन तथा वातावरण संरक्षण हुन सक्ने छ । 

पछिल्लो समय नेपालमा सफल प्रयोगका रुपमा विकास भएको सामुदायीक वनको अवधारणाले केही मात्रामा संरक्षण हुन थाले पनि नोक्सानीको क्रम घट्ने प्रतिशत न्यून छ । त्यसैले नेपाल सरकारको नीति अनुरुपनै प्रदेश ३ सरकारले वृक्षारोपणलाई प्राथमिकतामा राखेको देखिन्छ । यसलाई अभियानकै रुपमा लैजान सवै विद्यालयहरुमा एक विद्यार्थी एक विरुवा अभियान सुरु भएको छ । हेटौडाको चन्द्रोदय माध्यमिक विद्यालयमा विभिन्न जातका विरुवा रोपेर मुख्य मन्त्रीले आफ्नो प्रदेशका लागि अभियानको सुरुवात गरेका छन् । विशेष 

गरि प्रदेश ३ मा फलफुलको विरुवा सोप्ने लक्ष्य राखेको देखिन्छ । यसले फलफुलमा आत्मनिर्भर हुन सहयोग पुग्दछ भने हरियाली संरक्षण हुन गई वातवरणीय सन्तुलन कायम हुने छ । नेपालमा वृक्षा रोपण नहुने हैनन् । विभिन्न उत्सव वा दिवसहरुमा वृक्षारोपण कार्यक्रम नै हुने गर्दछन् । तर प्रत्येक वर्ष एउटै ठाउमा रोप्ने गरिन्छ । अथार्त कार्यक्रमका लागि मात्र रोप्ने परम्पराले विरुवा रोप्ने तर संरक्षण नहुने अवस्था वनेको हो । त्यसैले रोप्नुका साथै संरक्षणको पनि योजना वन्नु आवश्यक छ । 

वृक्षारोपणका लागि खुल्ला चौर खोज्ने गरिन्छ । तर हरियाली विस्तार गर्नका लागि सानै ठाउँमा पनि थोरै विरुवा हुर्काउन सकिन्छ । एक घर एक रुख भन्ने हेटौंडा उपमहानगरपालिकाको नारालाई मात्रै पनि सार्थकता प्रदान गर्ने हो भने यतिवेला सम्म हेटौडा वजार क्षेत्र पुरै 

हरियाली भई सक्ने थियो । त्यसैले आफ्नो घर आँगन वा करेशामा कुनै न कुनै फलफलुको विरुवा हुर्काने हो भने फलफल पनि हुने र हरियाली शहर वनाउन सहयोग पुग्ने छ । यस्ता कामका लागि सरकारको अभियान भन्दा नागरिक स्वयमको जिम्मेवारी र आवश्यकता हुनु 

पर्दछ । यस्तै आफ्नो समुदायको वनजंगलमा हुने क्षती र नोक्सानी नियन्त्रणमा पनि स्थानियहरु नै सक्रीय र जिम्मेवार बन्नु पर्दछ ।  त्यसैले विद्यालयहरुले आफ्नो क्षेत्रमा विरुवा हुर्काउन प्रत्येक विद्यार्थीलाई जिम्मेवारी दिने र राम्रो स्याहार गर्नेलाई प्रोत्साहन गर्नु पर्दछ । यसले उनीहरुमा फुले रोपेको विरुवा ठूलो वनाउने चासो र चिन्ता वढ्न गरि संरक्षणमा सहयोग पुग्ने छ । यस्तै विद्यार्थी मार्फत टोल छरछिमेकमा पनि रुख विरुवा रोप्ने र हुर्काउने अभियान सन्चालन गरे स्वच्छ वातावरणको उद्देश्य पुरा हुन सक्छ । 









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14805011 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top