14 Oct 2019   |   
logo
समाज

महामतिको वार्षिक साधारण सभा



समाज   333 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ५ आइतवार  
हेटौंडाः हेटौंडा–१०, मेनरोडमा रहेको महामति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रमकी प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी सचिव मिना चौरेलले महामति सहकारीमा थोरै शेयर सदस्य भए पनि धेरै आर्थिक कारोबार गरेको प्रशंसा गर्दै ५ हजार शेयर सदस्य नभएका सहकारीलाई एकीकरण गर्नुपर्ने नियम बनेको जानकारी गराउनुभयो ।

महामतिको वार्षिक साधारण सभा


१२ औं साधारणसभाको अवसरमा महामति बचत तथा ऋण सहकारी संस्थाले विश्वनाथ अधिकारी र राधा खतिवडालाई जेष्ठ नागरिक सम्मान, विकेश नेपाललाई एसईई उत्कृष्ट सम्मान, धनकुमारी चौलागाईलाई असल बचतकर्ता सम्मान, बिमला नेपाललाई उत्कृष्ट ऋणी सम्मान र शेयर सदस्य डा. विजय नेपाललाई विद्यावारी (पि.एच.डी.) गरेकोले शैक्षिक सम्मान प्रदान गरिएको थियो । ५ सय ३ जना शेयर सदस्य रहेको महामति बचत तथा ऋण सहकारी संस्थामा १ करोड ५७ लाख ३७ हजार ४ सय शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०७५-०७६ सम्मको कुल कारेबार १० करोड ४७ लाख १४ हजार रुपैयाँ रहेको सहकारीमा ८ करोड ३७ लाख ९४ हजार रुपैयाँ लगानिमा रहेको सहकारीका अध्यक्ष सुदर्शन प्रसाद वाग्लेले वार्षिक प्रतिवेदन मार्फत जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803668 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top