14 Oct 2019   |   
logo
सम्पादकीय

अभियान निरन्तर चलोस्



सम्पादकीय   57 पटक पढिएको   सम्पादकीय   २०७६ असोज ५ आइतवार  
तीन महिना बढी समयदेखि संक्रमणका रुपमा देखिएको डेंगु रोग नियन्त्रण गर्न विभिन्न प्रयासहरु जारी छन् । तर संक्रमण नियन्त्रण हुन सकेको छैन । सरकारी तहबाट केही प्रचारात्मक अभियान नभएका हैनन् । सरकारी केही निकायहरुले आफ्ना कर्मचारीहरुलाई परिचालन गरेको छन् । तर प्रयास अझै पर्याप्त हुन सकेको छैन । डेंगु नियन्त्रणका लागि नागरिक स्वयम् सचेत र जागरुक हुन आवश्यक छ । यस्ता अभियानमा सामाजिक संघ, संस्थाहरुको भूमिका संक्रमण नियन्त्रणका लागि देखिएकै छैन ।

अभियान निरन्तर चलोस्


 जनपरिचालनका लागि राजनीतिक दलका भातृसंस्थादेखि सामाजिक संस्थाहरुको भूमिका जरुरी हुन्छ । तर कुनै पनि संस्था वा संगठनले डेंगु विरुद्धको सामाजिक अभियान सन्चालनको चासो देखाएका छैनन् । सामाजिक कामका लागि संगठित भएको दावी गर्ने संस्थाहरु नागरिकलाई अप्ठेरो पर्दा मौन देखिएका छन् । नागरिकका हितमा गरिने काम नै सामाजिक अभियान हुन् । डेंगु संक्रमण व्यापक हुँदा समेत कुनै पनि संस्थाहरुले चासो देखाएका छैनन् । यसैक्रममा हेटौंडाका केही संस्थाहरुले भने ढिलै भए पनि ¥याली गरेका छन् ।

हेटौंडाका सामाजिक संघ, संस्थाले हेटौंडा बजार क्षेत्रमा डेंगु रोग तथा यसबाट बच्ने उपायका बारेमा सचेतनामूलक ¥याली निकालेका हुन् । व्यानर, प्लेकार्डसहित लायन्स क्लब, लियो क्लब, जेसीज, रोटरी क्लब, रोट्र्याक्ट क्लबका सदस्यहरुले बजार क्षेत्रमा सरसफाई समेत गरेका थिए । सुरुवात राम्रो भए पनि यसलाई निरन्तरताको खाँचो छ । ढीलै भए पनि यी संस्थाले आफ्नो नारा अनुसारको काम सुरु गरेका छन् । तर त्यही एक दिनमा सीमित हुनु हुँदैन । संक्रमणको जोखिम कात्तिक महिनासम्म रहने विशेषज्ञहरुले बताईरहेका छन् । त्यसैले प्रचार, सचेतनामूलक नारा, होशियारीका तारिका तथा सरसफाई प्रत्येक हप्ता हुन आवश्यक छ । अभियान कुनै एक दिन आफ्नो प्रचारका लागि भन्दा नागरिकको हितमा उपयोगी बन्नु पर्दछ । नागरिक विपत्तमा परेका समयमा सामाजिक संस्थाहरु सामाजिक संजाल मार्फत आफ्नो विज्ञापनका लागि अभियान गर्ने गरेको धेरै उदाहरण छन् । हेटौंडाका सामाजिक संस्थाहरुले पनि डेंगु नियन्त्रणका लागि गरिएको रयाली पनि त्यस्तै बन्नु हुदैन । यस्तै दलका भातृ संस्थाहरु यस्ता कार्यक्रमका साथ नागरिकसम्म पुग्नु पर्दछ ।

स्थानीय तह र प्रदेश सरकारका तर्फबाट भएका प्रयास पनि औचपारिकतामा मात्र सीमित भएका छन् । सुरुवाती चरणमा हेटौंडा उपमहानगरपालिकाले सचेतना कार्यक्रम नगरेको हैन । त्यसलाई अझ वडा तथा टोल र समुदायसम्म पुर्याउनु आवश्यक छ । सुरुवात गरेपछि त्यसलाई निरन्तरता दिएको पाईएको छैन । यस्तै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रत्येक शनिबार टोल सरसफाई गर्न आव्हान गरेको छ । तर आव्हान खासै प्रभावकारी हुन सकेको छैन । यस्तै सरकारका योजनाहरु स्थानीय टोलसम्म पुर्याउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिको हो । यस्तै राजनीतिक दलका भातृ संस्था पनि नागरिकसम्म जोडिने मौका हो यो । त्यसैले उनीहरुले पनि आफ्नो संगठनकै व्यानरमा भए पनि टोल सरसफाई गर्ने गराउने काम गर्न सक्छन् । तर भाषण मात्र ठूला गर्ने र काम गर्न पछि हट्ने प्रवृत्तीले डेंगु नियन्त्रणका लागि ठोस अभियान सन्चालन हुन सकेको छैन । हेटौंडाका केही सामाजिक संस्थाहरुले सुरु गरेको अभियानले निरन्तरता पाउनु आवश्यक छ । तब मात्र संक्रमण नियन्त्रण हुन सक्ला ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14805517 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top